• होमपेज
  • राजनीति
  • एमाले सुदूरपश्चिमको सहइञ्चार्जको जिम्मेवारी कर्ण थापालाई

एमाले सुदूरपश्चिमको सहइञ्चार्जको जिम्मेवारी कर्ण थापालाई

  • शुक्रबार, पुस २, २०७८
एमाले सुदूरपश्चिमको सहइञ्चार्जको जिम्मेवारी कर्ण थापालाई

बाजुरा–नेकपा एमाले सुदूरपश्चिमको सहइञ्चार्जको जिम्मेवारी स्थायी कमिटि सदस्य कर्ण बहादुर थापालाई दिएकाे छ । यसअघि प्रदेश अध्यक्ष रहेका कर्णबहादुर थापालाई प्रदेशमा सहइञ्चार्जको जिम्मेवारी दिइएको हाे। थापा दाेस्राे संबिधान सभाकाे चुनावमा बाजुरा बाट भारि मतले बिजय भएका थिए ।

सुदूरपश्चिम इञ्चार्जमा सचिव लेखराज भट्टले जिम्मेवारी पाएका छन्।  यस्तै एमाले सुदूरपश्चिमको अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्ट तोकिएका छन्।

नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ। १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो। एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जहरु पनि तोकेको छ।

चर्चामा

सम्बन्धित समाचार