बुधबार, कार्तिक १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा बाट बिदाइ भएका साहयक सिडियो भण्डारी घरमै पुगेर नागरिकता दिन्थे

बाजुरा बाट बिदाइ भएका साहयक सिडियो भण्डारी घरमै पुगेर नागरिकता दिन्थे

कार्यलयमा आउने सेवाग्राहिलाई चेतनामुलक सन्देश

  • बिहिबार, पुस १, २०७८
बाजुरा बाट बिदाइ भएका साहयक सिडियो भण्डारी घरमै पुगेर नागरिकता दिन्थे

बाजुरा– बाजुराका साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी २ बर्ष बाजुराको बसाई पछि सरुवा भएर गएका छन् । भण्डारीको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग काठमाडौमा सरुवा भएको छ । भण्डारी २ बर्ष बाजुराको बसाईमा बाजुरेली बासिमा  भिज्न सफल भएका छन् ।
भण्डारीले जिल्ला प्रशासन कार्यलयमा बसेर नागरिकतामा सहि गर्ने काम मात्र गरेनन्, नागरिकता बनाउन नसकेर घरमै थलिएकालाई घरमै पुगेर नागरिकता दिए । भण्डारी सेवाग्राहीको काम मात्र गर्दैनन् थिए, उनि थोरै समय भएपनि चेतनामूलक सन्देश दिने गरेका थिए । सेवा लिन प्रशासन पुगेका सेवाग्राहीलाई आर्थिक समस्या परेकालाइ घर जाने भाडा तथा खाना खर्च आफ्नो खल्ती बाट दिएर पठाउने गरेका थिए ।
धेरै सरकारी अधिकृत जन समुदाय सँग कमै सम्पर्कमा बस्न चाहान्छन्, तर भण्डारी भने सबै सँग भिज्ने र सबैका समस्या बुुझ्ने साहयक सिडियोका रुपमा पहिचान भएर बाजुरा बाट सरुवा भएर गएका छन् । उनि सेवाग्राही सँग कहिले पनि रुखो शब्द बोलेन्न्, राम्रो सँग सहजिकरण गरेर सेवाग्राहिलाई घर पठाउने गरेका थिए । उनले कुनै पनि कर्मचारीलाई नकारात्मक तरिकाले हेरेन्न र नराम्रो ब्यबहार समेत नगरेको कर्मचारी बताउँछन् ।
त्रिबेणी नगरपालिकाद-४ का ४१ वर्षीया टेक साउँदलाई भण्डारीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका थिए । अपांगता भएका साउँदलाई घरमै पुगेर नागरिकताको प्रमाण पत्र वितरण गरेका हुन् । सदरमुकाम आउन नसक्दा उनले ४१ बर्षको उमेर पुगिसक्दा सम्म नागरिकता बनाउन सकेका थिएनन् ।
टेक जस्तै बुढीगंगा नगरपालिका १० की २० वर्षिया वालिका सिता जैशीलाइ घरमै पुुगेर भण्डारीले नागरिकता दिएका थिए । नागरिकता बनाउनका लागि सदरमुकाम मार्तडीमा ल्याउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै घरमै पुुगेर दिएका थिए । सिता क वर्गको अपांगता भएका समुहमा पर्छन् । घर बाट सदरमुकाम मार्तडी बोकेर ल्याउन समस्या थियो, अर्को बर्षातले सडक अबरोध थियो, परिवारले मार्तडी ल्याउन नसकेपछि घरमै गएर नागरिकता प्रदान गरेको भण्डारीले वताएका थिए ।
सेवाग्राही सँग मिलनसार रुपमा प्रस्तुत सँगै प्रभाबकारी सेवाप्रवाह गरेका भण्डारीे बाजुराको बसाईमा बाजुरेली बाँसीका मनमा भिजेर गएको जिल्ला खेलकुद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाले वताए । उहाँ जस्तो सरकारी अधिकृत बाजुरामा बिरलै आउने गरेको थापाले थपे ।
सरकारी कर्मचारी अझ जिल्ला प्रशासन कार्यलयमा काम गर्ने कर्मचारी भन्ने बित्तिकै फरक नै रौनकता हुन्छ । अझ भन्नु पर्दा त सेवाग्राहीले केही जिज्ञाशा राखेपनि राम्रो सँग नबोल्न, नसुने जस्तो गर्ने, सेवाग्राहीलाई सहजिकरण नगर्ने गरेका पाईन्छन् । तर जिल्ला प्रशासन कार्यलय बाजुराका साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी नागरिकतामा सहि तथा सेवाग्राहीको काम मात्र गर्दैनन्, उनि थोरै समय भएपनि चेतनामूलक सन्देश दिने गरेका थिए ।
प्रशासन कार्यलयका भनेपछि अनुगमन भन्दै दैनिक भम्रण भत्ता मागेर हैरान गर्थे, फिल्ड गए नगए पनि मिलाएर दिनुपर्ने हुन्थ्यो । तर उहाँले २ बर्षको बसाइमा भ्रमण भत्ता तथा अन्य खर्च कहिले माग नगरेको एक लेखापालले वताए । भण्डारी पैशा भन्दा पनि  काम सँग सरोकार राख्थे । जागिरलाइ सेवाका रूपमा सम्झन्थे उनले थपे ।
भण्डारीले बाजुराको बसाइमा २ हजार भन्दा बढिलाई सेवाग्राहीलाइ सन्देश दिएको वताए । कोही न कोही त मनन गर्न सक्छन्, हाम्रो सुझाबले मान्छे परिवर्तन नै हुन्छ भने हामीले किन थोरै समय नखर्चने  भण्डारीले वताए । भण्डारीले शाखा अधिकृतमा जाखिर गरेको ६ बर्ष पुगेको छ । भण्डारीलाई चिन्नेले भन्छन्, शालिन र भद्र अधिकृत रहेको वताँउछन् । धेरै अधिकृत तथा कार्यलय प्रमुख बाजुरामा राजनिति वा कुनै न कुनै तवरले विवादित हुन्छन् । भण्डारी भने जनताको सेवा खटिरहने एक प्रशासकको पहिचान बनाएर बाजुरा बाट सरुवा भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार