आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कैलालीमा बस र स्कारपियो ठोक्किँदा २७ जना घाइते(नामसहित)

कैलालीमा बस र स्कारपियो ठोक्किँदा २७ जना घाइते(नामसहित)

  • बुधबार, मंसिर २९, २०७८
कैलालीमा बस र स्कारपियो ठोक्किँदा २७ जना घाइते(नामसहित)

धनगढी– कैलालीमा बस र स्कारपियो ठोक्किँदा २७ जना घाइते भएका छन्। बिहीवार बिहान १० बजेतिर लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको से १ च १५९३ नम्बरको स्कारपिया एकआपसमा ठोक्किएका हुन्।

ठक्करबाट स्कारपियोमा सवार चालकसहित ३ जना र बसमा सवार ३८ जना गरी जम्मा ४१ जना मध्ये २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको र अन्य सवार सकुशल अवस्थामा रहेको प्रहरीले बताएको छ। बस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने वर्ष ३४ को गणेश रानाले चलाएका थिए भने, स्कारपियो कृष्णपुर नगरपालिका–६ बस्ने वर्ष ४८ वर्षीय मोतीराम डगौराले चलाएका थिए।

यी हुन् घाइते
स्कारपियोमा सवार घाइते
१. चालक जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा न. ०६ बस्ने वर्ष ४८ को मोतीराम डगौरा हात र खुट्टामा चोट अवस्था सामान्य ।
२. लक्ष्मी नारायण मन्दिर धनगढी बस्ने बाबा वर्ष ७८ को देव राज आचार्य मुख,हात र पिठ्युमा चोट अवस्था मध्ययम ।
३. ऐ.ऐ. बस्ने वर्ष २३ को मुकुन्द गौतम मुखमा चोट अवस्था सामान्य ।
बसमा सवार घाइते
१. जिल्ला दार्चुला सिप्टी बस्ने वर्ष ३७ को कृष्ण धामी खुट्टामा चोट अवस्था सामान्य ।
२. जिल्ला दार्चुला माहाकाली न.पा. वडा न. ०६ बस्ने वर्ष २८ को जय बहादुर पाल छाती र नाकमा चोट अवस्था सामान्य ।
३. जिल्ला कञ्चनपुर पुनर्वास न.पा. वडा न. ४ बस्ने वर्ष ३० को अर्जुन सुनार कम्मर घुडा र टाउँकोमा चोट अवस्था सामान्य ।
४. जिल्ला कञ्चनपुर दैजी बस्ने वर्ष ३१ को राम बहादुर धामी पाखुरा र घुँडामा चोट अवस्था सामान्य ।
५. जिल्ला हुम्ला नाकावली ६ बस्ने वर्ष ५४ को ग्याम्जु तामाङ नाक र प्युठ्युमा चोट अवस्था सामान्य ।
६. जिल्ला कैलाली गौरीगंगा न.पा. वडा न. ३ बस्ने वर्ष २७ को जिवन धानुक खुट्टामा चोट अवस्था सामान्य ।
७. ऐ.ऐ. वडा न. २ बस्ने वर्ष ३७ को शिव साउँद हातमा चोट अवस्था सामान्य ।
८. जिल्ला कञ्चपुर पुनरवास न.पा. वडा न. ०९ बस्ने वर्ष ३७ को भिम नेपाली ढाडमा चोट अवस्था सामान्य ।
९. जिल्ला अछाम मेल्लेख गा.पा. वडा न. ८ बस्ने वर्ष २२ को उत्तम सुनार खुट्टामा चोट अवस्था सामान्य ।
१०. जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा न.१ बस्ने वर्ष ६० को मान बहादुर सुनार बाँया करङमा चोट अवस्था मध्ययम ।
११. जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.वडा न. ०६ बस्ने वर्ष ४० को ऐन बहादुर ओली खुट्टामा चोट अवस्था सामान्य ।
१२. जिल्ला बैतडी मेलौली न.पा. वडा न. २ बस्ने वर्ष ५६ को देव दत्त भट्ट खुट्टामा चोट अवस्था सामान्य ।
१३. जिल्ला कञ्चनपुर पुनरवास न.पा. वडा न. ९ बस्ने वर्ष ५१ को महाविर कुँवर खुट्टामा चोट अवस्था सामान्य ।
१४. जिल्ला बैतडी पुर्चौडी न.पा.वडा न. १ बस्ने वर्ष ३० को लोकेन्द्र भण्डारी कानमा चोट अवस्था सामान्य ।
१५. ऐ.ऐ. बस्ने वर्ष २३ को नरेन्द्र भण्डारी ढाड र टाउकोमा चोट अवस्था सामान्य ।
१६. ऐ.ऐ. बस्ने वर्ष २८ को नरेन्द्र भण्डारी आंखामा चोट अवस्था सामान्य ।
१७. जिल्ला कैलाली चौमाला ३ बस्ने वर्ष २५ को नविन थापा हातमा चोट अवस्था सामान्य ।
१८. ऐ.ऐ. बस्ने वर्ष ३३ को तेज बहादुर धामी खुट्टामा चोट अवस्था सामान्य ।
१९. ऐ.ऐ. बस्ने वर्ष ३७ को धन बहादुर साउँद बाया कम्मरमा चोट अवस्था सामान्य ।
२०. जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा न. ४ बस्ने वर्ष २६ को धन बहादुर राना ढाडमा चोट अवस्था सामान्य ।
२१. जिल्ला बैतडी पाटन न.पा. वडा न. ५ बस्ने वर्ष ३२ को नरेन्द्र सिंह ठगुन्ना खुट्टाको औला भाच्चिएको अवस्था सामान्य ।
२२. जिल्ला दार्चुला ब्यासँ गाउँपालिका वडा न. ७ बस्नेवर्ष ५८ को उदय सिंह कुँवर निधार र खुट्टामा चोट अवस्था सामान्य ।
२३. जिल्ला डडेल्धुरा अमरगढी न.पा. वडा न. २ बस्ने वर्ष ३४ को खडक थाम घाटीमा चोट अवस्था सामान्य ।
२४. चालक जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा न. १२ बस्ने वर्ष ३४ को गणेश राना हात र खुट्टामा चोट अवस्था सामान्य ।

श्राेत :   ईप्रका चिसापानी कैलाली

चर्चामा

सम्बन्धित समाचार