बाजुरा — नेपाली काँग्रस बाजुराको ७ औँ जिल्ला अधिबेशनमा बाजुरामा ३ जनाको सभापतीमा उम्मेद्धारी दिएका छन । उम्मेद्धारी दिनेमा कबिराज पण्डीत, रामसिहं रावल र चक्र बहादुर शाह रहेका छन ।
जिल्लामा नेताहरु बिच सहमती नहुदा प्यानल सहित तिनै जनाले घोषण सहित उम्मेद्धारी दिएका हुन । नेपाली काग्रेसका सभापती तथा प्रधान मन्त्री शेर बहादुर देउवाको प्यानलबाट कबिराज पण्डितको प्यानल सहित उम्मेद्धारी दर्ता गरेका छन भने रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षबाट रामसिहं रावलको नेतृत्वमा सभापती सहित प्यानल घोषण सहित उम्मेद्धारी दर्ता गराएका छन । त्यसै गरी कुनै पनी टिममा नपरेपछि चक्र शाहले स्वतन्त्रबाट उम्मद्धारी दिएका छन ।
आज मनोयन दर्ताको कार्य अगि बढाएको नेपाली काग्रेस महाधिबेशन जिल्ला निर्बाचान समितिले जानकारी दिएको छ । निर्वाचन समिति बाजुराले सोमबार बिहान ८ बजे बाट मनोनयन दर्ता प्रक्रिया शुरु गरेको छ । निर्वाचन कार्य तालिका सार्वजनिक गर्दै मनोनयन दर्ता प्रक्रिया अघि बढेको हो ।
मतदान प्रक्रिया भने १९ गते बिहान ८ बजे बाट शुरु हुने निर्वाचन समिति बाजुराले जनाएको छ । सभापति १ जना, उपसभापति २ जना, सचिब २ जना, सहसचिब २ जना र ३८ जना जिल्ला कमिटि सदस्यका लागि प्रतिश्पर्धा हुने भएको छ ।
त्यस्तै २५ जना महाधिबेन प्रतिनिधिका लागि प्रतिश्पर्धा हुने भएको छ । सहमति हुन नसकेपछि निर्वाचन समिति बाजुराले निर्वाचन प्रक्रिया अगाडि बढाएको जनाएकाे छ ।