
१. असारे रमझम
नाच्छिन् नानी छमछम
गैरी खेतलाई कोरेर।
२
मोहक बगैँचा जो
झुसिल्किराको नचाइ
फुलेछ पहेँलो गुलाफ ।
३
भाजकको भाजन
गणतान्त्रिक नाइके
जनता अरबी मालिक।
४
उल्टोको उल्टो छु म
रजनीमा रश्मि देख्ने
बधिरमा सङ्गीत भर्ने।
५
सगर छुने माथ
प्रतीक हो यो अटल
भन्छौ किन हँ मइमत्त?
६
सकिन्छ र कहाँ त्यो
राख्न गुडिया घरमा
थुस्की राख्ने सन्ततिलाई ?
७
यो जीर्ण-जीर्ण तन
अजीर्ण-अजीर्ण मन
मुस्कुराहट कहाँ छ र? ८
भुजबल मनुवा
भुजेलीको खेलचक्र
हरण भयो भुजबन्ध।
९
सामाजिक दर्पण
नियतिको खोलभित्र
विफलताको सम्बोधन।
१०
कला शब्दमा छ है
यो हो सुन्दर सृजना
बुझ्न ख्याल् राखे है साधना।
