शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • धनगढीमा भारी वर्षा हुदाँ बिभिन्न क्षेत्रहरु डुवानमा

धनगढीमा भारी वर्षा हुदाँ बिभिन्न क्षेत्रहरु डुवानमा

  • बिहिबार, साउन २८, २०७८
धनगढीमा भारी वर्षा हुदाँ बिभिन्न क्षेत्रहरु डुवानमा

कैलालीको धनगढीमा बिहीबार विहान भारी वर्षा हुदाँ बिभिन्न क्षेत्रहरु डुवानमा परेका छन् । धनगढीको मुख्य सडक चौराहदेखि पार्कमोडसम्मको सडक जलमग्न भएको छ । जलमग्नका कारण केही पसलभित्र पानी पसेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश सभा सचिवालयको प्रवेश गेटपनि जलमग्न भएको छ । भर्खरै निर्माणाधिन चटकपुरदेखि क्याम्पसरोड सडक पनि जलमग्न भएको छ । नाली निर्माण भइरहेकाले निकास नहुँदा सो सडकमा पानी जमेको र यात्रा गर्न कठिनाई भएको छ । सो सडकका कारण त्यस क्षेत्रका केही घरमा पानी पसेको छ ।

धनगढीमा सबैभन्दा बढी एलएनचोक, शिवनगर, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन्। यस्तै वडा नं १, ३, ४ लगायतका वडामा केही घर तथा पसलमा पानी पसेको छ।

वडा नम्बर २ वाट पानी निकास भइरहेपनि अहिले विद्युत प्राधिकरण धनगढी शाखाको प्रांगण पनि जलमग्न भएको छ । भारी वर्षाका कारण सबैभन्दा बढी वडा नम्बर २ प्रभावित भएको छ । यस्तै वडा नम्बर ३ मा रहेको मनिलेक इन्टरनेशनल स्कुल पनि डुवेको छ ।

चर्चामा

सम्बन्धित समाचार