• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको बडीमालिका मन्दिरमा डोटीबाट सरकारी डोल पठाइयो

बाजुराको बडीमालिका मन्दिरमा डोटीबाट सरकारी डोल पठाइयो

  • सोमवार, साउन २५, २०७८
बाजुराको बडीमालिका मन्दिरमा डोटीबाट सरकारी डोल पठाइयो

बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा पर्ने बडीमालिका मन्दिरमा प्रत्येक बर्ष जस्तै यस बर्षको जनै पूर्णिमाको दिन लाग्ने मेलाका लागि डोटीको सिलगढीबाट डोल पठाइएको छ । जिल्ला सदरमुकाम सिलगढीबाट सोमबार बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि सरकारी डोल गएको हाे ।
सिलगढीमा रहेको रुद्रध्वज गणको सैनिक टोली तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेश्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरमा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो ।

राणाकालदेखि जिल्ला प्रशासन कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवतरूपमा सरकारी कर्मचारीले डोल लैजाने चलन रहँदै आएअनुसार सरकारी डोल पठाएको निमित्त प्रमुख जिल्ला अधिकारी मधुकृष्ण पौड्यालले बताए ।

चर्चामा

सम्बन्धित समाचार