
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश युवा परिषद गठन आदेश २०७७ ल्याएर पदाधिकारी नियुक्ती प्रक्रिया थालेको छ। सबैको ध्यान कोरोना महामारीतर्फ केन्द्रित भएको बेला प्रदेश सरकारले संसद छल्दै युवा परिषद गठन आदेश २०७७ ल्याएको हो। सो गठन आदेश ल्याएर प्रदेश सरकारले धमाधम पदाधिकारी नियुक्त गर्न थालेको हो।
परिषदको कार्यकारी उपाध्यक्षमा युवराज कुँवरलाई नियुक्त गरिएको छ। विहिवार प्रदेश सरकारले उनलाई ४ वर्षका लागि नियुक्त गरेको हो। कुँवर नेकपा
सामाजिक विकास मन्त्रालयको प्रस्तावमा सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषदले सो युवा परिषद गठन आदेश ल्याएको सामाजिक विकास मन्त्रालयका कानून अधिकृत दानबहादुर सुनारले जानकारी दिए।


