बुधबार, कार्तिक २१, २०८१
  • होमपेज
  • समाज
  • मालिका माबिका शिक्षक प्रमोद नेपालद्धारा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

मालिका माबिका शिक्षक प्रमोद नेपालद्धारा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

  • मङ्लबार, जेष्ठ ४, २०७८
मालिका माबिका शिक्षक प्रमोद नेपालद्धारा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

बाजुरा — जिल्ला सदरमुकाम मार्तडीमा रहेको मालिका माध्यामिक बिद्यालयका शिक्षक प्रमोद नेपालले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार रुपैया सहयोग गरेका छन ।
नेपालले कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियानमा अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेका हुन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन किन्न अभियान संचालन गरे संगै नेपालले पनि सहयोग गरेको बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गर्न सहयोग गरीएको नेपालले बताए ।

चर्चामा

सम्बन्धित समाचार