• होमपेज
  • बाजुरा बिशेष
  • मन्त्री शाहको पहलमा जिल्ला अस्पताल बाजुरामा अक्सिजन पलान्टका लागि बजेट बिनियोजन

मन्त्री शाहको पहलमा जिल्ला अस्पताल बाजुरामा अक्सिजन पलान्टका लागि बजेट बिनियोजन

  • बिहिबार, बैशाख ३०, २०७८
मन्त्री शाहको पहलमा जिल्ला अस्पताल बाजुरामा अक्सिजन पलान्टका लागि बजेट बिनियोजन

बाजुरा — बाजुरा प्रदेश (ख) का सांसद तथा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको पहलमा जिल्ला अस्पताल बाजुरामा अक्सिजन पलान्ट बनाउन बजेटकाे ब्यबस्थापन गरिएकाे छ । कोरोना महामारीका बेला अक्सिजनको अभावमा नागरिकले समस्या भोग्न नपोरस भनेर मन्त्री शाहको पहल जिल्ला अस्पताल बाजुरामा अक्सिजन पलान्टका लागि बजेटको ब्यबस्थापन गरि जिल्ला अस्पताल बाजुरालाई पठाएको मन्त्रीका स्वकिय सचिव जंग बिकले बताएका छन । अक्सिजन पलान्टका लागि जिल्ला अस्पताल बाजुराले टेन्डरका लागि ७ दिनकाे सुचना समेत निकालीसकेकाे जिल्ला अस्पताल बाजुराले जनाएकाे छ ।
मन्त्री शाहको पहलमा जिल्ला अस्पताल बाजुरालाई अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ८० लाख रकम प्रदान गरेको र सो काम अगाडी बढाउन जानकारी समेत गरिसकेको सचिव बिकले बताएका छन । अस्पताल बाजुराले पनि बिहिवार ७ दिने सुचना निकालिसकेकाे जनाएकाे छ ।
जिल्लामा कोरोना भाइरसका बिरामी दिनानु दिन बढ्दै गएको अबस्थामा अक्सिजनको अभाव हुन नदिने उदेस्यका साथ सामासजिक बिकास मन्त्रालयबाट बजेटको ब्यबस्थापन गरि जिल्लामा पठाएको मन्त्री शाहले बताएका छन ।
अक्सिजन पलान्ट तत्काल बनाई जनताको हितमा काम गर्न र कुनै पनि नागरिकलाई अक्सीजनको कमि हुन नदिन अस्पताललाई छिटो काम गर्न मन्त्री शाहले अनुरोध समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार