बाजुरा — नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा पत्रकार प्रकाश सिंहले सम्मानित बाफतको रकम जसको नाम बाट पाएका थिए उनकै परिवारलाइ हस्तान्तरण गरेका छन् । सिंह नेपाल पत्रकार महासंघ शुदुुरपश्चिम प्रदेशको दोस्रो साधारण सभाबाट सिंहलाई जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार २०७७ बाट सम्मानित भएका थिए ।
सम्मानित सँग १२ हजार नगद पाएको रकम जेपी जोशीको घरमै पुुगेर पत्रकार महासंघका पुुर्वअध्यक्ष शिब गाँउले मार्फत हस्तान्तरण गरेका छन् । कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका परिवालाई भेटर रकम प्रदान गरिएको थियो । रकम हस्तान्तरण तथा उनको परिवारको अबस्था बुुझ्न पत्रकार महासंघका पुुर्वअध्यक्ष शिब गाँउ, शुुदुरपश्चिम प्रदेश पत्रकार महासंघका अध्यक्ष अर्जुुन शाह र पत्रकार प्रकाश सिंह घर पुुगेका थिए ।
सिंहले भने जेपी जोशीका नाममा स्थापना भएको पत्रकारीता पुुरस्कार मैले प्राप्त गरेको रकम उनको परिवार थोरै भएपनि सहयोग होस भनेर सहयोग गरेको वताए । जेपी जोशीको परिवारमा मैले सम्पर्क गर्दा अबस्था निकै नाजुुक पाएकाले सहयोग गरेको उनले थपे । जेपी जोशी २०६५ असोज २२ गते बेपत्ता भएका थिए भने मंसिर १३ गते मालाखेती जंगलमा उनको मृतक लाश भेटिएको थियो ।
जेशी जोशीका श्रीमति बसन्ति जोशी छोरी पुजा जोशी र गिता जोशी रहेका छन् । पुुजा कक्षा १० मा र गिता कक्षा ६ मा अत्तरीयामा रहेको एभरेष्ट बोडिङ्ग स्कुुलमा अध्यन गर्ने गरेका छन् । ५ बर्ष सम्म पत्रकार महासंघ केन्द्रिय शाखाले पढाउनमा सहयोग गरेको भएपनि डेढ बर्ष यता कतै बाट सहयोग नहुुदा बिद्यालयका शुल्क समेत तिर्न नसकेको बसन्तिले वताएकि छन् । रुदै भनिन्, न श्रीमान हत्या गर्ने पत्ता लाग्यो नत परिवार पाल्न सक्ने अबस्था नरहेको वताईन् । बिद्यालय बाट पटक पटक शुुल्क माग्ने गरेका छन्, कतै बाट तिर्न नसक्दा समस्या भएको वताए ।
घरमै पुुगेका पुर्व पत्रकार महासंघका अध्यक्ष शिब गाँउलेले भने छोरीहरु पढाउनका लागि पत्रकार महासंघ तथा अन्य निकाय सँग पहल गर्ने वताए । त्यस्तै प्रदेश अध्यक्ष अर्जुुन शाहले पनि सहयोगका लागि पहल गर्ने वताए । पत्रकार सिंहले यो भन्दा पहिला पाएको पत्रकारीता पुुरस्कार जुुन क्षेत्र बाट पाएको हो, त्यहि क्षेत्रका पछाडि परेका वर्गलाई सहयोग गर्दै आएका छन् । गतब र्ष पाएको इन्जा अवार्ड बाफतको ५ सय डलर पनि कुपोषित बच्चाको उपचारमा सहयोग गरेका थिए ।
सिंह बाजुरामा एक दशक देखि पत्रकारिता पेशामा आबद्ध रहेको छन् । पत्रकारीता मात्र नभई बाजुराका दिन दुःखीको मानव सेवामा समर्पित छन् । उनले पत्रकारीता सँगै बेसाहारा शाहाराबिहिन ७१ जना वालवालिकाको उद्धार गरिसकेका छन् । त्यति मात्र नभई उनले उपचार नपाएर अलपत्र रहेका दुई दर्जन भन्दा बढिलाई आर्थिक संकलन गरि नयाँ जिवन दिनमा समेत सहयोग गरेका छन् । प्रकाशले पत्रकारिता पेशासंगै मानव सेवाको माध्यामवाट आफ्नो क्यारियर पनि उत्तिकै चौडा वनाएको स्थानियले वताएका छन्् ।
नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष समेत रहेका प्रकाशले बैठक गोष्ठिमा उपस्थित भएवापत पाएको ६५ हजार ३ सय रुपैंया बैठक भत्ता रकम पिडितलाई सहयोग गरेका छन । बाजुराका ग्रामिण क्षेत्रका आर्थिक अभाबमा उपचार नपाएर अलपत्र रहेका २७ जनालाई सहयोगवापत १७ लाख बढी रकम सकलन गरी हस्तान्तरण गरेका छन् । प्रकासको अभियानमा सहयोगी हात जुटाएर उनिहरुले नयां जीवन जिउन पाएका छन् ।