बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्रमुख सचेतक र सचेतक २४ घण्टाभित्रै टुंग्याउँछौंः भीष्मराज आङ्देम्बे

प्रमुख सचेतक र सचेतक २४ घण्टाभित्रै टुंग्याउँछौंः भीष्मराज आङ्देम्बे

  • सोमवार, बैशाख १४, २०८३
सेयर गर्नुहोस् :
प्रमुख सचेतक र सचेतक २४ घण्टाभित्रै टुंग्याउँछौंः भीष्मराज आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता भीष्मराज आङ्देम्बेले संख्याभन्दा विचार र स्पष्ट गन्तव्य महत्त्वपूर्ण हुने बताएका छन्। दलको नेताको जिम्मेवारी सम्हालेपछि विचार अलमलियो भने गन्तव्य पनि अलमलिने उनको भनाइ छ।

उनले भने, ‘हामी सत्तामा रहेका दलहरूलाई सही दिशामा मार्गदर्शन गर्ने, राम्रो काममा साथ दिने र आवश्यकता पर्दा सचेत गराउने भूमिका खेल्छौँ। लोकतान्त्रिक मूल्य, आचरण र प्रणालीमा कुनै प्रकारको विचलन देखिएमा हामी ध्यानाकर्षण गराउँनेछौं। थोरै हुनुको पीडाभन्दा पनि आएको जिम्मेवारीप्रति हामी अत्यन्त सचेत छौँ।’

उनले नयाँ विधानअनुसार आफू दलको नेता भएको बताए। उनले भने, ‘केन्द्रीय कार्यसम्पादनको हस्तक्षेप होइन, पार्टी र संसद्को बिचको समन्वयात्मक छलफल र बहस हो। देशका ठुला चुनौतीहरू सामना गर्न यही समन्वय आवश्यक छ।’

कार्यसम्पादन समितिमा विभिन्न धारणा र विचारहरू प्रस्तुत भएपछि अन्ततः सहमतिमै निर्णयमा पुगिएको सुनाए। संसदीय दलका प्रमुख सचेतक र समेत २४ घण्टाभित्रै टुङ्ग्याइने बताए।

उनले थपे, ‘अब ढिलाइ गर्नुपर्ने अवस्था छैन। संसदीय दलका सम्पूर्ण कामहरू आजैदेखि सुरु हुन्छन् र चाँडै नै थप जानकारी सार्वजनिक गर्छौँ।’

प्रमुख सचेतकमा वासना थापा र सचेतक निस्कल राईलाई बनाउने कांग्रेसको तयारी छ।

चर्चामा

सम्बन्धित समाचार