
बाजुरा–नेकपा एमाले जिल्ला कमिटी बाजुराले कम्युनिष्ट पार्टीेको ७७ औं स्थापना बिरामीलाई फलफूल वितरण गरेर मनाएको छ । जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई स्थापना दिवसको अवसरमा शिघ्र गर्दैस्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको हो ।
फलफूल वितरण कार्यक्रममा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, जिल्ला कमिटीका पदाधिकारी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइदैँ आएको छ । जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए । स्थापनाको ८ दशक पुग्न लाग्दा पटक–पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो ।


