बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू

सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू

  • शुक्रबार, चैत्र २७, २०८२
सेयर गर्नुहोस् :
सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू

काठमाडौं--रास्वपा सभापति रवि लामिछानेले आफन्त र साथीभाईलाई नियुक्ति दिलाउनका लागि नलाग्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

‘आफन्त र सथीभाईलाई नियुक्ति गर्न नलाग्नू,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपाका एक सांसदले भने । आफूहरू जेनजीहरूको बलिदानबाट यो ठाउँमा आइपुगेको भन्दै उनले त्यसलाई स्मरणमा राख्न सांसदहरूलाई भने ।

‘यो जेनजी भाइ बहिनीको बलिदानले यहाँ आइपुगेका छौं,’ सभापति लामिछानेले भनेका छन् ।

दलको बैठकमा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि सहभागी थिए । यद्यपि उनले बैठकमा केही पनि बोलेनन् ।

संसदीय दलको बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रूबी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।

रास्वपाकै समर्थनमा ठाकुरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार