
धनगढी– सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशन आह्वान गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गरेका हुन् ।
मियाँले सरकारको सिफारिसअनुसार २४ चैतमा दिउँसो ४ बजे बस्नरी बैठक आह्वान गरेका छन् । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।
मुख्यमन्त्री शाहले नेपालको संविधानको- धारा १६६ को उपधारा (२) बमोजिम अधिवेशन आह्वानका लागि औपचारिक रूपमा बिहीबार सिफारिस पत्र पठाएका थिए । त्यसलगत्तै प्रदेश प्रमुख मियाले अधिवेशन आह्वान गरेका हुन् ।


