बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

  • शनिबार, फाल्गुन ३०, २०८२
सेयर गर्नुहोस् :
इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली घाइते भएका छन् । शुक्रबारको ड्रोन आक्रमणमा परेर नुुवाकोट ककनी घर भएका एक नेपाली सामान्य घाइते भएको ओमानस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

स्रोतका अनुसार घाइते नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनलाई शनिबार बिहान डिस्चार्ज गर्ने तयारी छ । उनी आफ्नै कोठामा बसिरहेको बेलामा इरानी ड्रोन विस्फोट हुँदा छर्राले लागेको थियो । शुक्रबार ओमानमै इरानी आक्रमणमा परेर ओमानमा दुई विदेशी कामदारको मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार