शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उनले साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

‘कुनैपनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो’, ओलीले मंगलबार जारी गरेको अपिलमा भनिएको छ, ‘उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छ । त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान समेत गरेको छु ।’

उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति आफू दुखी रहेको बताएका छन् । उनले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई यो विषम परिपिस्थतिमा संयम रहन अनुरोध समेत गरेका छन् । तर, आन्दोलनकारीले देशभर व्यापक आन्दोलन गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार