शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • राजनीति
  • पर्यटनमन्त्रीको गुनासो : सरकारी कर्मचारीहरू समर्पित भएर काम गर्दैनन्

पर्यटनमन्त्रीको गुनासो : सरकारी कर्मचारीहरू समर्पित भएर काम गर्दैनन्

  • शुक्रबार, असार २०, २०८२
पर्यटनमन्त्रीको गुनासो : सरकारी कर्मचारीहरू समर्पित भएर काम गर्दैनन्

काठमाडौं —संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सरकारी र गैरसरकारी वा निजी कर्मचारीमा फरक भएको बताए ।

‘सरकारी काम र गैरसकारी वा निजी काममा फरक छ । सरकारी काममा मान्छेहरू यसैपनि भनेजस्तो समर्पित भएर काम नगर्ने,’ उनले भने, ‘कम भन्दा कम म्यानपावरले निजी क्षेत्रले त्यसलाई सदुपयोग गरेको देखिन्छ । यो सुशासनकै पाटो हो । सुशासनमा सुधार गर्नुपर्ने नै पाटो हो ।’

सांसदहरुले निजी एयरलाइन्सहरूले कम जनशक्तिमै नाफामा एयरलाइन्स सञ्चालन गर्ने तर नेपाल एयरलाइन्सले धेरै जनशक्ति राख्दा पनि किन सुधार र नाफामा लैजान नसकेको भन्दै प्रश्न गरेका थिए ।

मन्त्री पाण्डेले ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले नै गर्नुपर्ने भएकाले बढी जनशक्ति लागेको स्पष्ट पारे । तर सरकारी कर्मचारीहरुमा समर्पित भएर काम गर्ने भावनामा कमी रहेको उनको आरोप थियो ।

सुशासनको यस पाटोलाई सच्याउन जरुरी रहेको उनको भनाइ छ । ‘हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको कुरा पनि गर्नुभयो । ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले गर्नुपर्छ । ग्राउण्ड ह्याण्डलिङको काम गर्दा निकै ठूलो जनशक्ति चाहिन्छ,’ उनले भने ।

उनले थपे, ‘जस्तो हाम्रो यहीँ त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा ९५ लाख यात्रुहरू लगभग ओहोरदोहोर भए । ग्राउण्ड ह्याण्डलिङ नेपाल एयरलाइन्सले आफ्नो मात्रै होइन, हिमालयनदेखि अधिकांशका गर्नुपर्छ ।’

चर्चामा

सम्बन्धित समाचार