• होमपेज
  • अर्थ
  • सुदूरपश्चिमको बजेट सर्वसम्मतिले पास

सुदूरपश्चिमको बजेट सर्वसम्मतिले पास

  • बुधबार, असार १८, २०८२
सुदूरपश्चिमको बजेट सर्वसम्मतिले पास

धनगढी —सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पास भएको छ । बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिएपछि बजेटसँग सम्बन्धी विधेयक सर्वसम्मतिले पास गरिएको हो ।

१ असारमा आर्थिक मामिला मन्त्री थापाले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएका थिए । बजेटमाथिको छलफल सकिएपछि सभामुख भण्डारीले बजेटसँग सम्बिन्धत विधेयकहरु सर्वसम्मतिले पास भएको घोषणा गरेका हुन् ।

बजेटमाथिको छलफलमा सतापक्ष र प्रतिपक्षका २७ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए । प्रायजसो प्रदेश सभा सदस्यले विचौलिया मार्फत योजना खरिदबिक्री गरेको आरोप लगाउँदै छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार