बिहिबार, असार २६, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कतारमा इरानी हमलापछि इरान-इजरायल संघर्ष नयाँ मोडमा

कतारमा इरानी हमलापछि इरान-इजरायल संघर्ष नयाँ मोडमा

  • मङ्लबार, असार १०, २०८२
कतारमा इरानी हमलापछि इरान-इजरायल संघर्ष नयाँ मोडमा

इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा सोमबार मिसाइल आक्रमण गरेसँगै इरान-इजरायल संघर्षले नयाँ मोड लिएको छ । इरान-इजरायल द्वन्द्वसँगै विश्वका शक्ति राष्ट्रहरूबीच ध्रुवीकरण तीब्र भएसँगै मंगलबार झिसमिसेमा मध्यपूर्वमा भुसको आगोजस्तै फैलन सुरु गरेको उक्त संघर्षले नयाँ रूप लिएको हो ।

इजरायलको पक्षमा उभिँदै अमेरिकाले पनि इरानका महत्वपूर्ण आणविक केन्द्रहरूलाई निसाना बनाउँदै हमला सुरु गरेपछि मध्यपूर्वमा सुरु भएको तनाव थप विस्तार हुने सम्भावना बढेको थियो । तर मंगलबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल पूर्ण युद्धविरामका लागि सहमत भएको दाबी गरेसँगै मध्यपूर्वको विस्तारित सशस्त्र संघर्ष तत्कालको लागि अन्त्य हुने संकेत देखिएको हो ।

आएको छैन इजरायल-इरानको प्रतिक्रिया
यद्यपि ट्रम्पको घोषणापछि पनि अहिलेसम्म इजरायल वा इरानबाट ट्रम्पको पोस्टबारे कुनै प्रतिक्रिया आएको छैन । सँगै, युद्धविराम कार्यान्वयन हुने र यसले थप उपलब्धि हासिल गर्ने कुरामा अहिले नै कुनै निश्चितता छैन । रोयटर्सले अमेरिकी स्रोतलाई उद्धृत गर्दै कतारका प्रधानमन्त्री शेइख मोहम्मद बिन अब्दुर्रहमान अल थानीले इजरायल र इरानबीचको द्वन्द्वमा युद्धविरामको प्रस्तावमा तेहरानको सहमति पक्का गरेका उल्लेख गरेको छ । इरानी अधिकारीहरूसँगको फोन संवादमा उनले यस्तो सहमति प्राप्त गरेको समाचारमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार