शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • राजनीति
  • विरोध भइरहँदा संसद चलाउनु दादागिरी हो : ज्ञानेन्द्र शाही

विरोध भइरहँदा संसद चलाउनु दादागिरी हो : ज्ञानेन्द्र शाही

  • आइतवार, असार १, २०८२
विरोध भइरहँदा संसद चलाउनु दादागिरी हो : ज्ञानेन्द्र शाही

काठमाडौं —राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिपक्षी दलको विरोधकाबीच संसद चलाएर ‘दादागिरी’ देखाएको आरोप लगाएका छन् ।

आइतबार बसेको प्रतिनिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले प्रतिपक्षी दलको विरोधकोबीच संसद चलाउनु संसदीय अभ्यास नभएको भन्दै दादागिरी बन्द गर्नुहोस् भन्दै आक्रोस पोखे ।

उनले भने,‘संसदमा यसरी विरोध भइरहँदा संसद चलाउनु उचित हुन्छ ? भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा साथ दिनुहोस् । यसरी संसद चलाउनु संसदीय अभ्यास होइन् । यो दादागिरी हो । यो दादागिरी बन्द गर्नुहोस् ।’

चर्चामा

सम्बन्धित समाचार