गौरब विष्ट, बाजुरा—सुदूरपश्चिमका दुर्गम जिल्ला अछाम र बाजुरा जोड्ने ईकडी (मितेरी) पुल अहिले पर्यटकीय स्थलका परिचित हुन थालेकाे छ । दुई जिल्लालाई जाेड्ने ईकडी खोलाकाे पुल पछिल्लाे समय आन्तरिक पर्यटकहरुकाे गन्तव्य बन्दै गएकाे हाे।
उक्त पुलमा मनाेरञ्जन तथा फाेटा खिच्चनेहरुकाे दैनिक भीड लाग्ने गरेकाे छ । केही बर्षअघि बनेकाे उक्त पुललाई हाल थप स्तराेन्नति गरेसँगै आन्तरिक पर्यटकहरु समेत बढ्न थालेका छन् । हालै राष्ट्रिय झण्डा र रंगीन पतंगले सजावट भएपछि यहाँ आउने मानिसको संख्या बढ्न थालेको स्थानीयहरुले बताएका छन् ।
स्थानीय युवा वसन्त जोशीका अनुसार, “मितेरी पुलले पर्यटन, व्यापार र सामाजिक एकतासँगै पर्यटकिय क्षेत्रमा समेत ठूलो भूमिका खेलेको छ। यो सानो संरचनाले ठूलो सम्भावना बोकेको छ। वसन्त भन्छन् “पुलको वास्तविक नाम ‘ईकडी पुल’ हो तर दुई जिल्ला जोड्ने भएकाले हामीले यसलाई ‘मितेरी पुल’ भनेर चिनाएका हौं।
आज मितेरी पुलले केवल दुई जिल्लालाई जोड्नु मात्र होइन, बाजुराको पर्यटन विकासको नयाँ पहिचान बन्ने बाटो समेत बनिरहेको छ। यहाँ आउने पर्यटक र स्थानीयहरूको भीडले यसको लोकप्रियता झल्काउने गरेको छ।