शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • समाज
  • बाम्काका अग्नीपीडितलाई मातृभूमि लघुवित्त शाखा फालासैनको आर्थिक सहयोग

बाम्काका अग्नीपीडितलाई मातृभूमि लघुवित्त शाखा फालासैनको आर्थिक सहयोग

  • बुधबार, जेष्ठ २९, २०८२
बाम्काका अग्नीपीडितलाई मातृभूमि लघुवित्त शाखा फालासैनको आर्थिक सहयोग

बाजुुरा—मातृभूमि लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय फालासैनले बाम्का बजारका आगलागी पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । बुधवार घटनास्थलमै पुगेर लघुवित्त संस्थाले आर्थिक सहयोग गरेको हो ।

मातृभूमि लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय फालासैनकी शाखा प्रबन्धक पुष्पा कुमारी शाहले आगलागीबाट पीडितहरुलाई राहत स्वरुप आर्थिक सहयोग गरिएको बताइन् । उनले शाखा कार्यालयको तर्फबाट १७ जना अग्नीपीडितहरुलाई ५ हजारका दरले ८५ हजार रुपैयाँ सहयोग गरिएको बताएकी छन् । बुढीगंगा नगरपालिका ६ का अध्यक्ष हेमराज जोशी, अनुगमन प्रमुख नरबहादुर साउँद, व्यवसायी छत्र बहादुर थापा लगायतको उपस्थितिमा उक्त रकम पीडितलाई हस्तान्तरण गरेको उनले जानकारी दिइन् ।

यहीँ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने केहीमा आंशिक रुपमा क्षति भएको छ । त्यस्तै उक्त आगलागीबाट करिब २० करोडको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार