शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • फुटबल
  • १७ वर्षपछि टोटनह्यामले जित्यो युरोपा लिगको उपाधि

१७ वर्षपछि टोटनह्यामले जित्यो युरोपा लिगको उपाधि

  • बिहिबार, जेष्ठ ९, २०८२
१७ वर्षपछि टोटनह्यामले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं— टोटनह्याम हट्सपरले १७ वर्षपछि युरोपा लिगको उपाधि जितेको छ । फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १-० गोलले पराजित गर्दै टोटनह्यामले उपाधि कब्जा गरेको हो ।

म्यानचेस्टरलाई हराउन ब्रेनन जोनसनले गोल गरेका हुन् । योसँगै उनी २०१० मा फुलह्यामका साइमन डेभिसपछि युरोपा लिगको फाइनलमा गोल गर्ने पहिलो वेल्श खेलाडी पनि बनेका छन् ।

जितसँगै टोटेनह्यामले अर्को सिजनको च्याम्पियन्स लिगको लागि छनोट पनि भएको छ ।

टोटनह्यामले लगभग १०० मिलियन पाउण्ड (करिब २०८ मिलियन अमेरिकी डलर) बराबरको आर्थिक लाभ पनि प्राप्त गरेको छ।

चर्चामा

सम्बन्धित समाचार