• होमपेज
  • समाज
  • कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

  • मङ्लबार, जेष्ठ ७, २०८२
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि उनी केही दिन फरार भएका थिए ।

आज भने उनी आफैं हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले बताए । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ । यौन शोषणमा परेकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप उनीमाथि लागेको छ । चौधरी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार