मङ्लबार, चैत्र ४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु, १९ जना घाइते

महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु, १९ जना घाइते

  • शनिबार, फाल्गुन ३, २०८१
महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु, १९ जना घाइते

काठमाडौं — उत्तर प्रदेशको प्रयागराजमा ठूलो दुर्घटना भएको छ । महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

बोलेरो र बसबीच भीषण ठक्कर भएको छ, जसमा अहिलेसम्म १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
बस र बोलेरोमा सवार सबै मध्यप्रदेश र छत्तीसगढका बासिन्दा रहेको प्रारम्भिक जानकारीमा आएको छ । अहिले घाइतेहरुलाई अस्पताल लगिएको छ ।

जानकारी अनुसार मेजाको प्रयागराज–मिर्जापुर राजमार्गमा शुक्रबार राति यो घटना भएको हो । यहाँ भक्तजन बोकेको बोलेरो र बोलेरो बस एक आपसमा ठोक्किँदा बोलेरोमा सवार १० भक्तजनको घटनास्थलमै ज्यान गएको हो । ती सबै छत्तीसगढको कोरबा जिल्लाका बासिन्दा रहेको र संगम स्नान गर्न जाँदै गरेको बताइएको छ ।

अर्कोतर्फ बसमा सवार १९ जना पनि दुर्घटनामा घाइते भएका छन् । यी मानिसहरू संगममा स्नान गरेर वाराणसी फर्किरहेका थिए। घाइते सबैलाई सीएचसी रामनगरमा भर्ना गरिएको बताइएको छ ।

बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन् । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
 नेपाल प्रेस

चर्चामा

सम्बन्धित समाचार