आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • एमाले बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशनको भव्य उद्घाटन

एमाले बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशनको भव्य उद्घाटन

  • बिहिबार, माघ १०, २०८१
एमाले बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशनको भव्य उद्घाटन

बाजुरा—नेकपा एमाले बडीमालिका नगर कमिटीको भव्य उद्घाटन गरिएको छ । विहिवार जिल्ला सदरमुकाम मार्तडीको खुला मञ्चमा औपचारिक कार्यक्रमका बिच नगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गरिएको हो ।

नगर कमिटीको दोस्रो अधिवेशन कार्यक्रमको नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन् । अधिवेशनको उद्घाटन सत्र कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लालबहादुर थापा, जिल्ला तथा प्रदेश तहका नेताहरुले मन्तव्य राखेका थिए ।

त्यस्तै नगर कमिटीको अधिवेशनको उद्घाटन सत्र विहिवार सम्पन्न भएको छ भने बन्द सत्र शुक्रवार बिहानबाट सुरु हुने जनाएको छ ।

एमाले बडीमालिका नगर कमिटी सचिव राजेस वि.क.को अध्यक्षतामा सञ्चालन भएको अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा प्रदेश कमिटि सचिवालय सदस्य गगन रावल थिए । त्यसै गरि कार्यक्रमको अतिथिमा जिल्ला कमिटी तथा प्रदेश कमिटीका पदाधिकारी सहित अन्य नेता तथा कार्यकर्ताहरु उपस्थित रहेका थिए । कार्यक्रमको सञ्चालन एमाले बडीमालिका नगर कमिटी उपसचिव कर्ण बहादुर विकले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार