• होमपेज
  • अन्तर्राष्ट्रिय
  • रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?

रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?

  • बिहिबार, माघ १०, २०८१
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हास्यास्पद युक्रेन युद्ध समाप्त गर्न वा नयाँ प्रतिबन्धको सामना गर्न तयार रहन भन्दै चेतावनीपूर्ण आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत ट्रम्पले आफ्ना रुसी समकक्षीसँग राम्रो सम्बन्ध रहेको भए पनि युक्रेन युद्ध अन्त्यको सम्झौता नगरे नयाँ आर्थिक दण्ड लगाउने चेतावनी दिएका हुन् ।

अमेरिकामा रहेका राजदूत दिमित्री पेलेन्स्किीले प्रतिक्रिया दिँदै ‘हामीले हेर्नु छ, कि सम्झौताको अर्थ के हो ?’ भनेका छन् । योसँगै ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर सबै शरणार्थीको अमेरिकी यात्रा निलम्बन गरिदिएका छन् । आदेश लगत्तै मेक्सिको सीमामा सैनिक परिचालनको गरिएको छ ।

सामेबार अमेरिकी राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकालको कार्यभार सम्हाल्दै ट्रम्पले कयौँ कार्यकारी कारबाहीको आदेशमा हस्ताक्षर गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार