जनवरी २० अर्थात माघ ७ गते हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथग्रहण समारोहमा पहिलोपटक विदेशी नेताहरु पुग्ने भएका छन् ।
अमेरिकी राष्ट्रपतिय सपथमा यो पहिलोपटक हुन लागेको चलन भनेर अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।
सपथग्रहण समारोहमा चीनका उपराष्ट्रपति हान चङ जाने भएका छन् भने भारतका विदेशमन्त्री एस जयशंकर जाने भएका छन् ।
बेलायती विश्व च्यानल बीबीसीले सेरोमोनियल कार्यक्रम भएकोले सेरेमोनियल उपराष्ट्रपति चीनले पठाएको उल्लेख गरेको छ । भारतीय मिडिया दि हिन्दूका अनुसार भारतबाट विदेशमन्त्री एस। जयशंकर जाने भन्दै जापान र अस्टे«लियाका पनि विदेशमन्त्री जानेछन् ।
चिनियाँ राष्ट्रपति सिलाई ट्रम्पले निम्तो दिएका थिए तर उनी नगएर उनले उपराष्ट्रपति पठाएको पश्चिमा मिडियाहरुमा समाचार आएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने निम्तो नआएको भारतीय तथा पश्चिमा मिडियाहरुले उल्लेख गरेका छन् ।