• होमपेज
  • राजनीति
  • भीम रावलसँग आजको यात्रा संयोग मात्रै हो, भ्रामक प्रचार गरियो–कर्ण थापा

भीम रावलसँग आजको यात्रा संयोग मात्रै हो, भ्रामक प्रचार गरियो–कर्ण थापा

  • शुक्रबार, माघ ४, २०८१
भीम रावलसँग आजको यात्रा संयोग मात्रै हो, भ्रामक प्रचार गरियो–कर्ण थापा

बाजुरा—नेकपा (एमाले) बाट निष्कासित भएका डा.भीम रावलसँगको एउटै जहाजको सिटबारे चर्चा भएपछि एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले त्यसको खण्डन गरेका छन् । शुक्रबार रावलसँगै नेता थापा श्रीएयर लाइन्सको जहाजको एउटै ‘रो’ को सिटमा बसेर धनगढीमा आइपुगेका हुन् ।

उक्त जहाजको एउटै सिटमा रावल र थापासँगै बसेको फोटो सार्वजनिक भएरपछि विभिन्न दृष्टिकोणले उल्लेख गर्दैै सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिएको बताएका छन्। रावलसँगैको फोटा एकाएक भाइरल बनेपछि थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस नै लेखेका छन्। आफू पार्टी कामको शिलशिलामा बाजुरा जाने क्रममा संयोगवस एउटै ‘रो’मा देखिएको स्पष्ट पार्दै अन्य भित्रि उद्देश्य केही नभएको नेता थापाले बताएका छन् ।

त्यस्तै नेता थापाले रावलसँगै हिजो एउटै पार्टीमा रहेर लामो सह यात्रामा रह्यौ तर अब हामी आ–आफ्नो बाटोमा हिडेको भन्दै कोही भ्रममा नपर्न, भ्रमको खेती नगर्न सबैलाई आग्रह गरेका छन् ।

त्यही विषयलाई लिएर रावल थापाको यात्रा संयोग कि सल्लाह भन्ने विषय चर्चा बनिरहेका बेला थापाले प्रष्टीकरण दिदैँ फेसबुकमा लेखेका छन् – भोलीदेखि बाजुरामा हुने नेकपा एमालेका पालिका अधिबेशनको लागि म काठमाडौंबाट श्रीएयरको जहाजबाट धनगढी आउने क्रममा विमानस्थलको अतिथि कक्षमा डा भिम रावलसङग भेट भयो । संयाोगले सिट सङगै पर्यो र जहाजको कुनै यात्रीले फोटा खिचेर सामाजिक सञ्जाला राखेछन । उक्त फोटो राखेर रातोपाटी अनलाइनले भ्रामक समाचार प्रकाशित गरेको देखे । डा भीम रावल र मेरो आजको यात्रा संयोग मात्रै हो । यसलाई राजनीति दृष्टिकोणले हेर्ने, बुझ्ने काम गर्नु गलत हुनेछ । हामी हिजो एउटै पार्टीमा रहेर लामो सहयात्रामा रह्ययौ । अब हामी आफ्नो आफ्नो बाटोमा हिडेका छौ । कोही भ्रममा नपर्न, भ्रमको खेती नगर्न अपिल गर्दछु ।

चर्चामा

सम्बन्धित समाचार