आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा उत्पादित कागती काठमाण्डौं पुग्यो

बाजुरामा उत्पादित कागती काठमाण्डौं पुग्यो

  • मङ्लबार, मंसिर ११, २०८१
बाजुरामा उत्पादित कागती काठमाण्डौं पुग्यो

बाजुरा– जिल्लामा उत्पादन भएको कागती काठमाण्डौमा निर्यात गरिएको छ । बाजुरामा बजार नपाएपछी बाजुराकाे कागती काठमाण्डौ पठाईएको हो । बाजुराको जगन्नाथ गाउँपालिका-३ मनिकाँडाबाट मात्रै ४० कुईन्टल कागती काठमाण्डौं पुगेको छ । जगन्नाथ गाउँपालिका -३ का कृषकहरुको बारीमा यस वर्ष विगतको बढी कागती उत्पादन भएपछी बाजुरामा बजार र उचित मुल्य नपाउने भएपछी काठमाण्डौ पठाएको कृषकहरुले बताएका छन । बाजुरामा कागती विक्री गर्न बजार नपाइएको खवरपछी बाजुराका मनोज ठकुरी लगायतका युवाहरुले गाउँबाट करिव ४० क्वीन्टल कागती खरिद तथा ढुवानी गरेर काठमाण्डौंमा विक्रि वितरण गरिरहेका छन् ।

बाजुरामा उत्पादित कागती अहिले कागठमाण्डौंको बुढानिलकन्ठ लगायतका ठाउँहरुबाट विक्रि वितरण भईरहेको मनोज ठकुरीले बताएका छन् । कृषकको बारीबाट आफुहरुले प्रतिकेजि ३५ का दरले खरिद गरेको र ढुवानी सहित काठमाण्डौंमा प्रतिकेजि १ सय रुपैँयाका दरले कागती विक्री वितरण भईरहेको ठकुरीले बताएका छन् । जिल्लामा उत्पादित कागती बिक्री नहुँदा कृषकहरु समस्यामा परेपछि मनोज ठकुरी लगायतका युवाहरुको समुहले कृषकको घरमै पुगेर करिव ४ लाख बराबरको कागती खरिद गरेर काठमाण्डौंमा विक्री गर्नका लागि सहजीकरण गरेको जगन्नाथ गाउँपालिकाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकं अनुसार बाजुरा जिल्लामा कुल क्षेत्रफलको ३५ हेक्टर जमिनमा कागती खेतीयोग्य जमिन रहेको र उत्पादन भइरहेको उल्लेख गरेको छ । कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक बर्ष ०७९/०८० को तथ्याकंअनुसार ९ मेट्रिकटन कागती उत्पादन भएको उल्लेख छ ।
कागतीको व्यावसायिक खेती र पर्याप्त उत्पादन भइरहे ता पनि बजार अभावका कारण किसान निरास हुन थालेका छन् ।  भारतबाट आयात हुने कागतीले समेत स्थानीय उत्पादनको बजारमा समस्या सिर्जना गरेको किसानहरूको भनाई छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ५ प्रतिशत कम कागती उत्पादन भएको छ । बाजुरामा उत्पादकत्व प्रतिहेक्टर ९ दशमलव १४ मेट्रिक टन रहेको उल्लेख छ । कागतीको उत्पादन बढेपछि यसलाई कच्चा पदार्थका रुपमा प्रयोग गर्ने अचार र जुस लगायत उद्योगहरु स्थापना नहुँदा किसानले सोचे जस्तो आम्दानी लिन सकेका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार