शनिबार, जेष्ठ २३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराबासीद्धारा प्रजिअ पौडेलकाे भब्यताका साथ बिदाइ

बाजुराबासीद्धारा प्रजिअ पौडेलकाे भब्यताका साथ बिदाइ

  • बुधबार, अशोज ९, २०८१
सेयर गर्नुहोस् :
बाजुराबासीद्धारा प्रजिअ पौडेलकाे भब्यताका साथ  बिदाइ

बाजुरा–  एक बर्ष बढि बाजुरामा बसेर कुशल प्रशासक ,मिलनसार अनि सहयोगी स्वभावका प्रमुख जिल्ला अधिकारी  भीमकान्त पाैडेलकाे बाजुराबासीले भब्यताका साथ बिदाइ गरेका छन ।  एक वर्ष समय अवधि पुगेका प्रमुख जिल्ला अधिकारी पौडेलको  गृह मन्त्रालयमा सरुवा भएपछि केही दिन जिल्लाका सरकारी कार्यालय ,स्थानीय तह र निजी तथा सामुदायिक संस्थाले प्रजिअ पौडेलकाे भब्यताका साथ   बिदाइ गरेका हुन।

प्रजिअ पाैडेलले जिल्लाकाे विकास र समृद्धिका सवालमा बाजुरालाई काठमाण्डौंले हेर्ने दृष्टिकोण भन्दा फरक पाएको बताए । सिडियो लगायत कर्मचारी कुटिन्छन् काम गर्न अप्ठेरो जिल्ला भनेर अवाहफ सुनिन्थे प्रजिअ पाैडेलले भने। तर, आफू कर्तव्यनिष्ठ भएर काम गरे केही हुँदैन यो त खाली भ्रम रहेछ भन्ने सिकाई भयो प्रजिअ पाैडेलकाे भनाइ रहेकाे छ । प्रमुख जिल्ला अधिकारी पौडेलको कार्यशैलीले बाजुरामा सरकारी कर्मचारी बस्ने वातावरण छैन भन्ने भ्रम चिरेको छ।

नागरिकको सेवामा समर्पित भएकै कारण प्रमुख जिल्ला अधिकारी पौडेललाई दर्जनौँ संघसस्थाले बिदाइ फुलमाला लगाएर पठाए , विवाद रहित काम गरे  ।   दजनौं संघ संस्थाले प्रजिअ पौडेलको औपचारिक बिदाइ गरेका छन् ।  बाजुरामा यस अघि बाजुराबासीले तत्कालिन प्रमुख जिल्ला अधिकारी धनप्रसाद सर्मा पाैडेललाइ पनि भब्यताका साथ बिदाइ गरेका थिए ।

May be an image of 10 people and text

May be an image of 9 people

May be an image of 12 people, people playing tennis and text

May be an image of 7 people and people smiling

 

चर्चामा

सम्बन्धित समाचार