शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • समाज
  • बाजुरा घर भएका एक प्रहरी जवान सहीत ३ जना लुटपाटको आरोपमा पक्राउ

बाजुरा घर भएका एक प्रहरी जवान सहीत ३ जना लुटपाटको आरोपमा पक्राउ

  • सोमवार, भदौ २४, २०८१
बाजुरा घर भएका एक प्रहरी जवान सहीत ३ जना लुटपाटको आरोपमा  पक्राउ

काठमाडौं– लुटपाटमा संलग्न आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। आरोपितले ललितपुरको सातदोबाटोस्थित कृषि अनुसन्धान केन्द्र नजिकको एकान्त स्थानमा दुईजनाबाट सुनको सिक्रीलगायत सामग्री लुटपाट गरेका थिए । गएको साउन २९ गते उनीहरूले आइफोन दुई, सामसङ मोबाइल दुई, एप्पल कम्पनीको ल्यापटप एकथान र सुनको सिक्री लुटेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का विकास श्रेष्ठ, रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का मनोज भुजेल र बाजुराको त्रिवेणी नगरपालिका–७ का डम्मलाल पाध्याय छन्। लुटपाटमा संलग्न एकजना अझै फरार छन्।पक्राउ परेका मध्ये पाध्याय उपत्यका अपराध अनुसन्धान कार्यालयमै कार्यरत प्रहरी हुन्। उनी पछिल्लो समय अनुसन्धान कार्यालय महाराजगन्ज शाखामा कार्यरत थिए। प्रहरीले उनीहरू सवार बा६९प २८४७ र बा७५प ६३१९ नम्बरका दुई मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। उनीहरूलाई शुक्रबार र शनिबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका दुई महिलालाई उनीहरू चढेको ट्याक्सी ‘फलो’ गर्दै सातदोबाटो पुगेपछि रोकेर लुटपाट गरिएको थियो। दुबईबाट फर्किएका महिलाले अवैध सुन ल्याएको हुन सक्ने आशंकामा उनीहरूले लुटपाट गरेका थिए।

पक्राउ परेका तीनजनालाई थप अनुुसन्धानका निम्ति प्रहरी वृत्त सातदोबाटो पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार