• होमपेज
  • राजनीति
  • माधव नेपालले भने- मधेसमा मुख्यमन्त्रीको प्रस्ताव आएको थियो

माधव नेपालले भने- मधेसमा मुख्यमन्त्रीको प्रस्ताव आएको थियो

  • शनिबार, जेष्ठ २६, २०८१
माधव नेपालले भने- मधेसमा मुख्यमन्त्रीको प्रस्ताव आएको थियो

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजतन्त्र फर्काउनका लागि धेरै टाउको नदुखाउन बताएका छन्। पार्टीको कोशी सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकबाट हटिसकेको राजतन्त्र फर्काउने कुरा दिवा सपनामात्रै भएको भन्दै टाउको दुखाउनुको सट्टा व्यापार गरेर बस्न सुझाव दिए।

उनले अहिले राजतन्त्र फर्काउन खोज्नेहरूको स्वर मधुरो हुँदै गएको बताए। पार्टीहरूको प्रवृतिको विरोध गर्ने गरे पनि अहिलेको संक्रमणकालीन अवस्थामा कुनै दललाई शत्रु घोषित नगर्ने स्पष्ट पारे।

No description available.

उनले मधेसमा पुरानो गठबन्धनबाट मुख्यमन्त्रीको प्रस्ताव आए पनि पार्टीको हितलाई मध्यनजर गर्दै नयाँ गठबन्धनकै निर्णयअनुसार अघि बढिएको बताए। मुलुकको परिस्थितिअनुसार पनि केन्द्रको गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था रहेको उनको भनाइ छ।

उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको भूमिकालाई सकारात्मकरूपमा लिएको बताए। उनले समाजवादी मोर्चालाई पुनर्गठन गरेर अघि बढ्ने प्रयास भइरहेको बताए। मुलुकलाई समाजवादको बाटोतर्फ अघि बढाउन जनवादी क्रान्तिको आवश्यकता पर्ने उनको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार