मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराको कोल्टीमा ४ बर्ष देखी कागज मात्र स्वास्थ्य विमा

बाजुराको कोल्टीमा ४ बर्ष देखी कागज मात्र स्वास्थ्य विमा

  • शुक्रबार, चैत्र ३०, २०८०
बाजुराको कोल्टीमा ४ बर्ष देखी कागज मात्र स्वास्थ्य विमा

पदम सिह‌ं/बाजुरा–  बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चार बर्ष देखी कागजमा मात्र स्वास्थ्य विमा रहेको पाइएको छ । बाजुरा जिल्लाको पूर्वीउत्तर क्षेत्रका ४ वटा स्थानिय तहका नागरिकलाई लच्छित स्वास्थ्य विमा कार्यक्रम कोल्टीमा लागु भएको थियो ।
स्वास्थ्य बिमा बोर्डको वइभसाईटमा २०७६ जेठ १ गतबाटे कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रबाट सुरु भएको रेकर्ड छ । कागजी रुपमा कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम ४ बर्ष बढी भएको देखीए पनि प्राथामिक स्वास्थ्य केन्द्रमा हालसम्म पनि लागु नहुदा त्यस क्षेत्रका नागरिकहरु स्वास्थ्य बिमा सेवाबाट बन्चित छन ।
स्वास्थ्य बिमा ऐन २०७४ र राष्ट्रिय स्वास्थ्य नीति २०७६ अनुसार बिमा बोर्डले २०७६ जेठ १ गते कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दुका रुपमा राखेर जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको थियो । बाजुराका ५ स्थानीय तहका लागि सदरमुकाम मार्तडीमा रहेको अस्पताल तथा बाजुरा र पूर्वोत्तर क्षेत्रका ४ स्थानीय तहका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दु भनिएको छ । स्वास्थ्य बिमा गरेपछि अस्पतालका बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, शल्यक्रिया र सूचिकृत औषधि निशुल्क पाउने व्यवस्था छ ।
घातक रोगको उपचारमा सजिलो हुने ठानेर यहाँका अधिकांश नागरिक बिमा कार्यक्रममा सहभागी पनि भए । तिनैमध्येका एक हुन् बुढीनन्दा नगरपालिका–१ का गंगाराम लुहार । गाउँमै स्वास्थ्य बिमा गर्न आएका बिमाका कर्मचारीबाट दुई वर्ष पहिले स्वास्थ्य बिमा गराएका लुहारले कुनै सुविधा पाउन सकेनन् । लाभ नपाए पछि उनले दोस्रो पटक बिमा नविकरण पनि गरेका छैनन् । गंगाराम अति गरिबको सूचीमा सूचिकृत परिवारका सदस्य हुन् । अति गरिब परिवारका सदस्यहरुलाई स्वास्थ्य बिमाको शुल्क लाग्दैन ।
मृगौला पीडित गंगारामले दुखाई कम गर्ने औषधि समेत किनेर खानु परेको छ । कोल्टीबाट सदरमुकाम मार्तडी पुग्न एक दिन लाग्छ । बल्ल तल्ल पुगे पनि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बिमा कार्डबाट सेवा नपाएको उनको गुनासो छ ।
बिमा कार्यक्रम लागु हुँदा कार्यक्रममा सहभागी ५ जना सदस्य भएको परिवारले वर्षमा बढीमा एक लाख रुपैयाँ बराबरको उपचार निशुल्क पाउने भनिएको थियो । तर, अहिलेसम्म सम्पूर्ण उपचारको खर्च आफैंले ब्यहोर्नु परिररहेको बुढीनन्दा नगरपालिका हलिया अगुवा मनबीर सार्कीले वताउँछन् ।
स्वास्थ्य बिमा बाजुरा संयोजक तारा रोकायाका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी संचालन नहुदा बिमित कर्ताले सेवा नपाएको बताईन । स्वास्थ्य सस्थामा आफ्नै फार्मेसी हुनु पर्ने निशुल्क दिनु पर्ने औषधि हुनु पर्ने हुन्छ कोल्टिमा नहुदा लागु नभएको रोकायाले बताईन ।
त्यस क्षेत्रका बुढीनन्दा नगरपालिका, जगन्नाथ, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिका १८ हजार ६ सय ८० जनाले स्वास्थ्य बिमा गरेको तथ्याङ्क रहेको छ । कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य विमा लागु नभएपछि बिमा भरेका नागरिकहरुले नविकरण नगर्ने गरेको संख्या बढ्दो रहेको छ । औषधी सवै मेडीकलबाट किन्नु र रिफरका लागि मात्र नविकरण गर्नु भन्दा नविकरण नै नगर्ने विमित कर्ताको भनाई रहेको छ ।
स्वास्थ्य बिमाका लागि पैसा बुझाउनु नपर्ने भए पनि अन्यको हकमा ५ जना सदस्य भएको परिवारले रु. ३ हजार ५ सय बुझाएका छन् । ५ जना भन्दा बढी सदस्य भएको परिवारका हकमा थप एक ब्यक्ति बराबर ७ सय रुपैयाँ अतिरिक्त बुझाउनु पर्छ । यसो गरेपछि प्रति व्यक्ति रु.२० हजारसम्मको निशुल्क उपचार हुने, सेवा पाउँदा ५ परिवार भएमा १ लाख, ५ जना भन्दा बढी भएमा प्रति ब्यक्ति थप २० हजारका दरले सेवा पाउँछन् ।
बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहोराका अनुसार स्वास्थ्य विमा कार्यक्रम सञ्चालनका लागि अन्तिम चरणमा रहेको वताएका छन् । बैशाख पहिलो हप्ता भित्र फार्मेशी संचालनको तयारी पछि स्वास्थ्य बिमा कार्यक्रम लागु हुने बोहोराले बताए ।
स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले फार्मेशी सुरु नहुदा स्वास्थ्य विमा सुरु गर्न नसकिएको बताए । विमित कर्ता सेवा लिन आउछन निशुल्क पाउनु पर्ने औषधी नपाउने भएपछि रिफर गर्नुको विकल्प बाहेक अरु नभएको शाहीले बताए । गएको माघ १ गतेबाट सेवा सुचारु गर्ने तयारी रहेकोमा विमित कर्ताको डुव्लीकेसनका कारण सवै सेवा अनलाईनबाट सुरु गरेको र कोल्टि प्रथामिक स्वास्थ्य केन्द्रमा नेट नहुदा पनि सेवा दिन ढिलाई भएको वताएका छन् । अहिले सेवा सञ्चालनका लागि फार्मेसी इन्टरनेट लगायत व्यबस्थापन भइरहेकाले बैशाख २० गते उद्घाटन गर्ने गरि काम भईरहेको शाहीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार