सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेस र एमालेले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेस र एमालेले गरे उम्मेदवारी दर्ता

  • मङ्लबार, चैत्र २७, २०८०
राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेस र एमालेले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार संघीय संसद भवनमा कांग्रेसबाट राष्ट्रिय सभा सांसद विष्णुदेवी पुडासैनी र एमालेबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन्।

पुडासैनीको प्रस्तावक दुर्गा गुरूङ र समर्थक नारायणदत्त भट्ट छन् भने घिमिरेको प्रस्तावक भगवती न्यौपाने र समर्थकमा गोपीबहादुर सार्की अछामी छन्। अछामी नेकपा (माओवादी केन्द्र) का सांसद हुन्।

राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदका लागि बुधबार निर्वाचन हुँदैछ। सत्ता गठबन्धनभित्र राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष एमालेले लिने सहमति भएको थियो। तर नेकपा (एकीकृत समाजवादी) ले पनि उपाध्यक्ष आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको थियो।

चर्चामा

सम्बन्धित समाचार