मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • बझाङमा कांग्रेसका सिंहसहित ६ जनाको उम्मेदवारी दर्ता

बझाङमा कांग्रेसका सिंहसहित ६ जनाको उम्मेदवारी दर्ता

  • शनिबार, चैत्र २४, २०८०
बझाङमा कांग्रेसका सिंहसहित ६ जनाको उम्मेदवारी दर्ता

बझाङ —आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसबाट अभिषेक सिंहले उम्मेदवारी दर्ता गराएका छन् । उपनिर्वाचनका निम्ति दिउँसो साढे २ बजेसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले जानकारी दिएका छन् ।

उमेदवार दर्ता गराउनेहरूमा राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा‚ नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्ती मगर छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट दिलबहादुर सिंह‚ जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री र नेपाली कांग्रेसबाट अभिषेक सिंहले उम्मेदवारी दर्ता गराएका छन् । अन्य केही उम्मेदवारहरू मनोनयन दर्ताको क्रममा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार