शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राजनीति
  • बझाङ प्रदेश सभामा दिवंगत मन्त्रीपुत्र अभिषेक कांग्रेसबाट उम्मेदवार

बझाङ प्रदेश सभामा दिवंगत मन्त्रीपुत्र अभिषेक कांग्रेसबाट उम्मेदवार

  • बिहिबार, चैत्र २२, २०८०
बझाङ प्रदेश सभामा दिवंगत मन्त्रीपुत्र अभिषेक कांग्रेसबाट उम्मेदवार

बझाङ— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बझाङको प्रदेशसभा क्षेत्र नं. १ मा हुन वैशाख १५ गते हुन लागेको उपनिर्वाचनको टिकट सुदूरपश्चिमका दिवंगत मन्त्री पृथ्वीबहादुर सिंहपुत्र अभिषेक सिंहलाई दिएको छ।

आगामि वैशाख १५ गते हुने उप निर्वाचनका लागि माओवादीले बझाङबाट जनक बुढा, एमालेबाट दमन भण्डारी र नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाउने यस अघिनै निर्णय गरेको छ। नेपाली काँग्रेसले भने आज (बिहीवार) मात्रै सिँहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ। बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पुराना नेता जगतप्रसाद जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो। देउवाले सिंह र नेता शेखर कोइरालाले जोशीको नाममा अडान लिएका थिए। लामो छलफलपछि दुबै पक्ष सिँहलाई उम्मेदवार बनाउँन सहमत भएका छन्। त्यस्तै इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार