मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बडिमालिका
  • आफ्ना छोराछोरी सामुदायीक बिध्यालय पढाउने शिक्षक कर्मचारी सम्मानीत

आफ्ना छोराछोरी सामुदायीक बिध्यालय पढाउने शिक्षक कर्मचारी सम्मानीत

  • सोमवार, चैत्र १९, २०८०
आफ्ना छोराछोरी सामुदायीक बिध्यालय पढाउने शिक्षक कर्मचारी सम्मानीत

बाजुरा– बडिमालिका नगरपालिका वडा न ७ ले आफ्ना छोराछोरी सामुदायीक बिध्यायलयमा पढाउने शिक्षकलाई सम्मान गरेको छ । आफ्ना छोराछोरि सामुदायिक विद्यालय पढाउने शिक्षक तथा विद्यालय कर्मचारी सम्मानित भएका हुन् । आफु पढाउने बिध्यालयमा आफ्ना छोराछोरी समेत त्यही बिध्यालयमा पढाए वाफत शिक्षक र कर्मचारीलाई सम्मान गरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन । बडिमालिका नगरपालिका वडा न ७ को आयोजनमा एक औपचारीक कार्यक्रमका बिच शिक्षक र बिध्यालय कर्मचारीलाई सम्मान गरेको वडा अध्यक्ष पाध्यायले बताए ।
सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न तथा सामुदायिक विद्यालय प्रति अभिभावकको विश्वास दिलाउन नगरपालिकाको आफ ुजहाँ आफ्ना वालबालिका त्यहाँ नीति कार्यान्वयन गर्ने बिध्यालयका शिक्षक तथा बिध्यालय कर्मचारीलाई हौसला प्रदान स्वरुप सम्मान गरिएको बडिमालिका ७ का वडा अध्यक्ष पाध्यायले बताए । यो अभियान नियमित हुने वडा अध्यक्ष पाध्यायले बताएका छन ।
शिक्षक भनेको समाजको पथप्रदर्शक र अगूवा भएको कारणले समाजले शिक्षकको क्रियाकलाप र गतिविधि नियालीरहेको हुदा पहिलो पटक बडिमालिका नगरपालिका वडा न ७ ले वडामा कार्यरत शिक्षक तथा विद्यालयका कर्मचारी गरि ८ जना सम्मानित गरेको वडा सचिव सरिता ठगुन्नाले बताईन ।
सम्मानित हुनेमा बल बहादुर रोकाया नि.मा.वि. शिक्षक सरस्वती आधारभूत विद्यालयबडिमालिका -७ ढम्कने, लालकेश रोकाया कम्प्युटर शिक्षक सरस्वती आधारभूत विद्यालय बडिमालिका -७ ढम्कने, टेक बहादुर रोकाया विद्यालय परिचर सरस्वती आधारभूत विद्यालय बडिमालिका-७ ढम्कनेका रहेका छन ।

त्यसै गरि बिजयराम पाध्याय प्रधानाध्यापक प्रा.वि.शिक्षक ज्ञानोदय माद्यामिक विद्यालय बडिमालिका -७ रजातोली, दुर्गा कुमारी पाध्या( पाण्डे) ईसिडि स.का. ज्ञानोदय माद्यामिक विद्यालयबडिमालिक-७ रजातोली, देबराज पाध्याय लेखापाल ज्ञानोदय माद्यामिक विद्यालय बडिमालिक -७ रजातोली रहको वडा सचिव ठगुन्नाले बताइन । त्यस्तै रण बहादुर वि.क. लेखापाल लक्ष्मी माद्यामिक विद्यालय ब.न.पा. -७ जिल्ली, शिक्षक प्रेमलाल पाध्याय लक्ष्मी माद्यामिक विद्यालय बडिमालिका-७ जिल्लीका रहेका छन । शिक्षक तथा बिध्यालय कर्मचारीलाई प्रमाण पत्र सहित सम्मान गरिएको वडा सचिव ठगुन्नाले बताइन ।

चर्चामा

सम्बन्धित समाचार