सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा आयुर्वेद सेवाबाट उपचार गर्नेको संख्या बढ्दै

बाजुरामा आयुर्वेद सेवाबाट उपचार गर्नेको संख्या बढ्दै

डेढ बर्षमा २६ हजार बढीले लिए सेवा

  • शनिबार, चैत्र १७, २०८०
बाजुरामा आयुर्वेद सेवाबाट उपचार गर्नेको संख्या बढ्दै
डाक्टर रञ्जीत केशरी

टेकबहादुर बुढा, १७ चैत —बाजुरामा आयुर्वेद स्वास्थ्य सेवा उपचार प्रभावकारी बन्दै गएको छ । सेवा प्रभाबकारी भइपछि सेवा लिनेको संख्या बढीरहेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको तथ्यांक अनुसार डेढ बर्षमा मात्रै २६ हजार बढिले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

कुनै बेला महिला आयुर्वेद सेवा लिनको संख्या धेरै न्युन रहेको थियो, केही बर्ष यता भने दैनिक २५ जना बढीले सेवा लिइरहेका छन् । आर्थिक बर्ष २०७९।८० मा १६ हजार ३ सय ७३ र यस आर्थिक बर्ष ०८०।८१ को हालसम्म ९ हजार ८ सय ४१ गरेर २६ हजार २ सय १४ जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले जनाएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख रंग बहादुर कार्कीले आयुर्वेद चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले आकर्षण बढेपनि प्रचारप्रसार नहुँदा सेवाग्रहीको संख्या अझै बढ्न नसकेको बताएका छन् । अहिले कार्यालयमा दैनिक ३० जनाबढि उपचारका लागि आउने गरेको उनले बताए । विगत भन्दा यो संख्या दिनप्रतिदिन बढीरहेको छ कार्कीले थपे ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने बिरामीहरुको परिक्षण गरेर निःशुल्क उपचार हुने गरेको कार्यलयले जनाएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ल्याव सेवा, पञ्चकर्म, दैनिक ओपीडि, जेष्ठ नागरिक सेवा, पाइल्स, स्तनपाइ सेवा तथा प्रयोगशाला लगायतका सेवा उपलब्ध हुने गरेका छन् ।

खप्तडछेडेदह गाउँपालिका ४ जगत धामी आयुर्वेद सेवा लिन आउने गर्छन् । उनि र उनका परिवार बिरामी हुदा आयुर्वेद सेवामार्फत उपचार गर्ने गरेको धामीले बताएका छन् । आयुर्वेद सेवा बाट ठिक पनि हुने स्वास्थ्यमा कुनै असर नपर्ने भएकाले यो सेवा बाट उपचार गरिरहेको बताएका छन् ।

स्वास्थ्य केन्द्रबाट पेटसम्बन्धी रोगहरुमा भोक नलाग्ने, पखाला चल्ने, पेट भरिने तथा पेट दुख्ने, पोल्ने, दुख्ने, कब्जीयत, बावासिर, मूलद्धार च्यातिएको जस्ता बिरामी बढी आउने गरेका छन् । त्यस्तै हाडजोर्नी तथा छाला सम्बन्धी रोगहरुको उपचार हु्दैं आएको कार्यालयका डाक्टर रञ्जीत केशरीले बडिमालिका खबरलाई बताएका छन् । त्यस्तै महिलाहरुमा सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, महिनावारी समस्या, छाती सम्बन्धी रोग, खोकी, दम, छाला रोग, उच्च रक्तचाप, पिनास तथा बाल रोग जस्ता समस्याहरुको उपचार हुने गरेको डाक्टर केशरीले बताए ।

आयुर्वेद स्वास्थ्य उपचार सेवाप्रति सर्वसाधारणहरुको आकर्षण बढेपनि बजेट र पूर्वाधारको अभावले प्रभावकारी रुपमा सेवा दिन नसकिएको कार्यालय प्रमुख रंग बहादुर कार्कीले बताए । उनले भने यस बर्षका लागि लगभग बजेट पुग्ने अवस्थामा छ, आगामी बर्षमा बजेट र पूर्वाधारको व्यवस्था भए सेवा थप विस्तार गर्ने लक्ष्य रहेको बताए । कार्यालयमा हाल ७ जनाको दरबन्दी छ ।

बाजुरामा सदरमुकाम मार्तडीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसहित बुढिगंगा नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार