शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पत्रकार महांसघ बाजुराद्धारा रक्त समुह पहिचान तथा बिरामीलाई फलफुल वितरण

पत्रकार महांसघ बाजुराद्धारा रक्त समुह पहिचान तथा बिरामीलाई फलफुल वितरण

  • शुक्रबार, चैत्र १६, २०८०
पत्रकार महांसघ बाजुराद्धारा रक्त समुह पहिचान तथा बिरामीलाई फलफुल वितरण

बाजुरा– नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराले ६९ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । जिल्ला अस्पताल बाजुराका बिरामीहरुलाई फलफुल बितरण तथा रक्त समुह पहिचान कार्यक्रम गरेको हो । जिल्ला स्थित सम्पूणर् पत्रकारहरुको रगत पहिचान गरी रगत आवश्यक परेकाहरुका लागि प्रदान गरुन भन्ने उदेस्यका साथ रक्त पहिचान गरिएको पत्रकार महासघ बाजुराका उपाअध्यक्ष पदम बहादुर सिहंले बताए ।

No description available.
जिल्लामा रगत नपाएर धेरै बिरामी तथा अन्य व्यक्तिहरु जिल्ला बाहिर रिफर गर्ने परिस्थितिमा सहयोग पुर्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको सचिव विकले बताए । सोही अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाई फलफूल समेत वितरण गरिएको पत्रकार महासंघ बाजुराका सचिव रमित विकले बताए ।

No description available.
जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफु बितरण तथा रक्त समुह पहिचानका गर्न औपचारीक कार्यक्रम गरिएको थियो नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष पदम बहादुर सिंहको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए ।

No description available.

त्यसै गरी बिषिस्ठ अतिथि गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापा र बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी रहेका थिए । अतिथिहरुमा पत्रकार महासंघ बाजुराका सल्लाहकार प्रकाश सिहं, पुर्व अध्यक्ष दयाराम पण्डित, नेपाल पत्रकार महासघ सुदुरपश्चिम प्रदेश समितिका निर्वतमान सदस्य गगन ऐडी लगायत जिल्ला स्थित पत्रकारहरुको सहभागीता रहेको थियो । स्थापना दिवसकाे अवसरमा देशभर बिभिन्न कार्यक्रम गरेर मनाइने भएकाे छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार