शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • राजेश पायलको ‘पानी नचल्ने’ गीत सार्वजनिक, मार्तडीमा विमोचन (भिडियाेसहित)

राजेश पायलको ‘पानी नचल्ने’ गीत सार्वजनिक, मार्तडीमा विमोचन (भिडियाेसहित)

  • बुधबार, चैत्र १४, २०८०
राजेश पायलको ‘पानी नचल्ने’ गीत सार्वजनिक, मार्तडीमा विमोचन (भिडियाेसहित)

बाजुरा —बाजुराका राजेश पायल बिकको ‘पानी नचल्ने’ गीत सार्वजनिक भएको छ । दलित समुदायका पीडा र जातिय विभेदमा आधारित सो गीत आज सार्वजनिक भएको हो । ‘पानी नचल्ने’ गीतको आजै सदरमुकाम मार्तडीमा विमोचन भएको छ ।

बडिमालिका नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बिच विमोजन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले गीत बजाएर विमोचन गरेको हुन् । सो गीतमा बडिमालिका नगरपालिकाको आर्थिक सहयोग र बडिमालिका नगर युवा सञ्जालको सहकार्य रहेको जनाइएको छ ।

उक्त गीतमा चर्चित डान्सर तथा लोक दोहोरी मोडेल अन्जली अधिकारी र राजेश पायल विकले अभिनय गरेका छन् । गीतमा पुणर्कला बिसी र राजेन्द्र बाजुरालीको लय तथा बिनोद बाजुरालीको लय सब्द र संगित रहेको छ । मौसम हिमालीको निर्देशनमा सो गीत भिडियो बनेकोे छ । समग्र देशै भरिका दलित समुदायले भोगेका पिडा र दलित समुदायका वास्तविकता झल्किने सन्देशमूलक गित बजारमा सार्वजनिक भएको राजेश पायल विकले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार