शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शिक्षा
  • जनक शिक्षाद्वारा सुदूरपश्चिममा पाठ्यपुस्तक वितरण सुरु

जनक शिक्षाद्वारा सुदूरपश्चिममा पाठ्यपुस्तक वितरण सुरु

  • मङ्लबार, चैत्र १३, २०८०
जनक शिक्षाद्वारा सुदूरपश्चिममा पाठ्यपुस्तक वितरण सुरु

धनगढी— जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिम प्रदेशमा शैक्षिक सामग्री बिक्री वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले मंगलबारदेखि सुदूरपश्चिमका नौ वटै जिल्लाहरूमा पाठ्य सामग्री बिक्री वितरण सुरु गरेको हो ।

प्रादेशिक कार्यालय धनगढी प्रमुख रामबहादुर कुँवरका अनुसार शैक्षिक सत्र २०८१ मा जिल्लागत रूपमा कक्षा १ देखि १२ सम्मको गरी जम्मा १९ लाख १५ हजार १८५ थान पाठ्य पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको हो । जुन चालू शैक्षिक सत्र २०८० को भन्दा पौने दुई लाखले बढी रहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए । चालु शैक्षिक सत्रमा जनक शिक्षाले सुदूरपश्चिममा १७ लाख ४१ हजार पाठ्य पुस्तक वितरण गरेको हो । जनक शिक्षाले समयमै विद्यार्थीहरूको हातमा पुस्तक पुग्ने बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार