आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ नेता वाङबिच भेटघाट

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ नेता वाङबिच भेटघाट

  • मङ्लबार, चैत्र १३, २०८०
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ नेता वाङबिच भेटघाट

काठमाडौँ– उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सका अध्यक्ष एवं राजनीति ब्युरो स्थायी समिति सदस्य वाङ हुनिङबिच भेटवार्ता भएको छ ।

चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणमा आइतबार चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठले सोमबार स्थायी समिति सदस्य वाङसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा दुई देशबिचको सम्बन्धका बारेमा चर्चा भएको थियो ।

दुई देशबिचको सम्बन्ध उत्कृष्ट रहेको भन्दै दुवै जनाले खुसी व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशको आर्थिक विकास र समृद्धि विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा दुई देशबिचको सम्बन्धलाई अझै कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठको नौ दिन लामो चीन भ्रमण हुनेछ । सो भ्रमणको क्रममा उनले चीनका विदेश मन्त्री वाङसँग भेटघाट गर्नुको साथै चिनियाँ कम्युनिस्ट पार्टीका उच्च स्तरीय नेताहरूसँग समेत छलफल गर्ने बताइएको छ । उनले नेपाल–चीनबिच बीआरआइलगायत भएका विभिन्न सम्झौताको बारेमा चिनियाँ पक्षसँग कुराकानी गर्ने स्रोतले जनाएको छ ।

नेपाल र चीनबिच बीआरआई सम्झौता भएको लामो समय भएपनि कार्यान्वयनमा आएको छैन । यो विषयमा पनि छलफल गर्नका लागि परराष्ट्र मन्त्री श्रेष्ठ चीन भ्रमण गएको स्रोतहरूले दाबी गरेका छन् । तर भ्रमणको एजेण्डामा छलफलका कुनै पनि एजेण्डा उल्लेख छैन ।

चर्चामा

सम्बन्धित समाचार