शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बाजुरामा हर्षोल्लासका साथ मनाइयो होली पर्व

बाजुरामा हर्षोल्लासका साथ मनाइयो होली पर्व

  • आइतवार, चैत्र ११, २०८०
बाजुरामा हर्षोल्लासका साथ मनाइयो होली पर्व

बाजुरा —रंगहरुको पर्व होली आज बाजुरासहित पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइएको छ । फागुन शुक्ल पूणर्िमाका दिन आफन्त, साथीभाइबीच अबिर र रंग खेलेर होली पर्व मनाइन्छ ।

बाजुराको सदरमुकाम मार्तडी सहित विभिन्न ठाउँमा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका कर्मचारी, युवा र बालबालिकाहरु तथा सर्वसाधारणले एकै ठाउँमा जम्मा भएर रंग र पानीले एक आपसमा होली खेलेर मनाएका छन् ।

फागु पूर्णिमामा एक आपसमा रङ, अबिर दलेर नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि नाचगान गर्दै भव्य रुपमा होली पर्व मनाएका छन् । होली पर्व बाजुराका मुख्य बजार कोल्टी, सदरमुकाम मार्तडी, बाम्का, बेतालमाण्डौं लागयतका ठाउँमा धुमधामका साथ मनाइएको हो । होली जिल्लाका बजार तथा मुख्य ठाउँमा हर्षोल्लासका साथ मनाइने गरिए पनि गाउँमा भने खास्सै चहलपहल नहुने स्थानियहरु बताउँछन् । होली पर्वले समाजमा असमानता, विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको र यसले सामाजिक भातृत्व कायम गर्न सहयोग पुर्याइरहेकोले थप यसको जगेर्नाको लागि सबैले लाग्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले पनि एक विशेष कार्यक्रमको आयोजना गर्दै होली धुमधामका साथ मनाएको छ । जिल्ला स्थित विभिन्न सञ्चार माध्यमका कार्यरत पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ बाजुराको कार्यालयमा बोलाएर औपचारिक कार्यक्रमका साथ होली मनाएको हो । होली पर्वले आपसी सद्भाव तथा सामाजिक भातृत्व कायम गर्न महत्वपूणर् भूमिका खेलिरहेको भन्दै संस्कृतिको जगेर्ना गर्न पत्रकारहरुले थप जिम्मेवार भएर कलम चलाउनुपर्नेमा शुभकामना मन्तव्य वक्ताहरुले जोड दिएका छन् ।

हाेरी पर्व हिमाली तथा पहाडी जिल्लामा आज हर्सोल्लासका साथ मनाइने भएपनि भने तराई क्षेत्रमा भने भोली होली मनाइने गरिन्छ।

चर्चामा

सम्बन्धित समाचार