शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • धनगढीका सरकारी विद्यालयहरूमा छुट्टै ‘ड्रेस कोड’

धनगढीका सरकारी विद्यालयहरूमा छुट्टै ‘ड्रेस कोड’

  • शुक्रबार, चैत्र ९, २०८०
धनगढीका सरकारी विद्यालयहरूमा छुट्टै ‘ड्रेस कोड’

धनगढी– धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयमा अब एकै प्रकारको पोशाक लागु हुने भएको छ। नयाँ शैक्षिक सत्र २०८१ को वैशाखदेखि उपमहानगरभित्रका सबै सामुदायिक विद्यालयहरूमा एकै प्रकारको पोशाक लागु हुने भएको हो।

बिहीबार धनगढी उपमहानगरभित्रका अधिकांश विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरूले उपमहानगरसँग एकै प्रकारको पोशाक बनाउने सम्झौता गरेका छन्। धनगढी उपमहानगरपालिकामा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख गोपाल हमाल र पञ्चोदय माविका प्रधानाध्यापक हरिश ओझाले सम्झौता आदानप्रदान गर्दै कार्यक्रमको सुरुवात गरेका छन्।

No description available.

नयाँ पोशाकमा आकाशे नीलो रंगको कमिज वा कुर्ता, गाढा नीलो रंगको पाइन्ट वा सुरुवाल, गाढा नीलो रंगको टाई, छालाको कालो जुत्ता वा कपडाको सेतो जुत्ता, गर्मी मौसममा भी गलाको स्वेटर वा गाढा नीलो रंगको कोट, गाढा नीलो रंगको बेल्ट, छात्राका लागि सेतो रिबन, ऊनको टोपी अनिवार्य गर्ने सम्झौता भएको हो।

अधिकांश प्रधानाध्यापकहरूले कापी कलम किन्न नसक्ने गरिब परिवारका बालबालिकाका लागि यो नियम खर्चिलो हुने बताएका थिए। तर मेयर गोपाल हमालले ‘मेयर शैक्षिक कोष’ स्थापना गरेर त्यसमा निजी क्षेत्र र दातृ निकायलाई जोडेर भएपनि उनीहरूका लागि विद्यालय पोशाकको व्यवस्थापन गरिने बताएका थिए।

उपमहानगरलाई आफ्नो स्थानीय तहभित्रको आधारभूत र माध्यमिक शिक्षा व्यवस्थित गर्न पाउने अधिकार छ। सम्झौता कार्यक्रममा मेयर हमालले अहिले केही पनि गर्न सकिँदैन भनेर पन्छिनु भन्दा सीमित स्रोत र साधनको अधिकतम प्रयोग गर्दै यसको पालना गर्न प्रधानाध्यापकहरूलाई अनुरोध गरेका थिए।

उनले पहिलो वर्षको परीक्षणपछि त्यसमा आएका समस्याहरूलाई समाधानका लागि सम्झौतामा हेरफेर र संशोधन गर्न सकिने बताए। पोशाकको सम्झौता सँगै उपमहानगरले सामुदायिक विद्यालय बीचको कार्यसम्पादन सम्झौता पनि गरेको छ।

चर्चामा

सम्बन्धित समाचार