आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • शिक्षा
  • गौमुलको पदमपुर विद्यालयका विद्यार्थीलाई सहयोग

गौमुलको पदमपुर विद्यालयका विद्यार्थीलाई सहयोग

  • बिहिबार, चैत्र ८, २०८०
गौमुलको पदमपुर विद्यालयका विद्यार्थीलाई सहयोग

बाजुरा — बाजुराको गौमुल गाउँपालिका २ मा रहेको पदमपुर आधारभूत विद्यालयका दलित र बिपन्न बालबालिकालाई न्यानो लुगा तथा स्टेशनरी वितरण गरिएको छ । वडा नम्बर २ को आयोजना र बडिमालिका फाउण्डेसन नेपालको सहकार्य तथा नेपाल राईजिङको सहयोगमा न्यानो लुगा तथा स्टेशनरी साम्रगी वितरण गरिएको हो । बिद्यालयका ८४ जना बिधार्थीलाई वितरण गरिएको हो ।

No description available.

पालिकाको विकट ठाउँमा रहेको विद्यालयमा न्यानो लुगा, झोला, स्टेस्नरी लगायतका सामग्री वितरण गरिएको वडा अध्यक्ष देब बहादुर रोकायाले बताएका छन् । विद्यालयमा सबै विपन्न बालवालिका रहेका छन्, यो सहयोग ठुलो भएको रोकायाले बताए । यो बिद्यालय हिमाली क्षेत्रमा पर्ने गरेको छ ।

धेरै विद्यार्थी झोला, स्टेशनरी बिना नै विद्यालयमा आउने गरेका थिए । यो सहयोगले विद्यार्थीको पठनपाठनमा सहयोग हुने विद्यालयका प्रधानाध्यापक धन बहादुर धामीले बताएका छन् । विद्यालयमा कक्षा ८ सम्म पठनपाठन हुने गरेको छ । दलित र बिपन्न बालबालिकाहरुलाई प्रतिब्यक्ती एक जोडी लुगा, एउटा विद्यालय झोला, कापी डड्पेन, पेन्सील, म्याथमेटिक्स बक्स लगायतका साम्रगी वितरण गरिएको हो ।

No description available.

सहयोग कार्यक्रमको अध्यक्षतामा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष धन बहादुर रोकायाले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष देब बहादुर रोकायाले रहेका थिए । विशिष्ट अतिथि बडिमालिका फाउन्डेसनका अध्यक्ष प्रकाश सिंह, पत्रकार महासंघ बाजुराका उपाअध्यक्ष पदम बहादुर सिंह रहेका थिए । कार्यक्रमको सञ्चालन मंगल बहादुर रोकायाले गरेका थिए । No description available.

बडीमालिका फाउन्डेसन र नेपाल राईजिङले यस अघि पनि बिभिन्न ठाउँमा भुकम्प प्रभाबित र बिपन्नहरुलाई खाद्यान्न लुगा कपडा लगायत सहयोग गर्दै आएको फाउण्डेसनले जनाएको छ । यो भन्दा पहिला पनि अन्य विद्यालयहरुमा सहयोग गरिरहेको छ ।

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार