शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • आर्थिक अभावमा उपचार गर्न नसक्दा दत्या बिचल्लीमा

आर्थिक अभावमा उपचार गर्न नसक्दा दत्या बिचल्लीमा

अस्पतालले रिफर गरेका दत्यालाई पैसा नहुँदा घर लगे

  • मङ्लबार, चैत्र ६, २०८०
आर्थिक अभावमा उपचार गर्न नसक्दा दत्या बिचल्लीमा

टेकबहादुर बुढा, बाजुराः बाजुराको बडिमालिका नगरपालिका ७ जिल्लीका खुट्टाको समस्याबाट ग्रसित ३७ बर्षका दत्या विक आर्थिक अभावमा उपचार गर्न नसक्दा उनी बिचल्लीमा परेका छन् । लामो समयदेखि खुट्टाको समस्याले ग्रसित विकले विभिन्न अस्पतालमा उपचार गरेपनि अहिले झन थलामा परेका छन् ।

केहि बर्ष अघि खुट्टामा समस्या देखिदा उनको बाँया खुट्टाका औला काटनु परेको थियो । फेरी त्यही खुट्टा पुरानो जस्तै भएपछि उनि समस्यामा परेका छन् । बिरामी भएर उनि थपा परेपछि १ हप्ता पहिला जिल्ला अस्पताल बाजुरा भर्ना भएका थिए । जिल्ला अस्पताल बाजुराले काठमाडौ रिफर गरेको थियो, पैसा नहुदा आफन्तले उनलाई घर लगेका छन् ।

३ बर्ष पहिला उनले काठमाडौको बिर अस्पतालमा पुगेर उपचार गरेका थिए । त्यो बेला उनको बाँया खुट्टाका औला काटेको स्थानिय जंग बहादुर बिकले बताएका छन् । त्यो बेला चिकित्सकले सञ्चो हुने भनेको थियो, तर फेरी तिन बर्ष पछि उस्तै भएको उनले बताएका छन् । केहि समयसम्म सन्चो भएपनि अहिले फेरि समस्या भएर थला परेको परिवारले बताएका छन् ।

खुट्टामा समस्याले ग्रसित हुँदा हिड्नै नसक्ने गरि दत्या थला परेका छन् । उपचार गर्न आर्थिक अभाव हुँदा समस्या भएको छ । घरमुली नै  खुट्टाकाे उपचार नपाएर थला परेपछि परिवारको खर्चसँगै छोराछोरीलाई पालन पोषण तथा पढाइ लेखाइमा समस्या भएको परिवारले जनाएको छ ।

खुट्टाकाे समस्याले ग्रसित दत्याले भने घरमा आय स्रोत केहि नहुँदा आफ्नो उपचार गर्न नसकिएको बताए । लामो समयदेखि खुट्टाकाे समस्याले ग्रसित दत्याको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले सबैलाई हारगुहार गरेका छन् । तिन बर्ष अघि दत्या उपचारको लागि अछामको बयालपाटा पुगे । त्यहाँ पनि उपचार सम्भव नहुने भन्दै रेफर गरेपछि काठमाडौंको टिचिङ अस्पतालसम्म पुगेका थिए ।

टिचिङ अस्पतालमा केहि समयसम्म उपचार गरेपछि थप उपचारको लागि भारतको दिल्ली पुगेकाे दत्याले बताए । उनी  खुट्टाकाे समस्याले थला पर्दा उनको ७ जनाको परिवार समस्यामा परेका छन् । ३७ बर्षका दत्या विक खुट्टाकाे समस्याले थला पर्दा परिवारको पुरै जिम्मेवारी हुँदा परिवार बिचल्लीमा परेको हो । उनलाई एकपत्ता दुखाइको औषधि किनेर खाने पैसा समेत नहुँदा समस्यामा परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार