मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेकपा एमाले बाजुराको बैठक स्थगित

नेकपा एमाले बाजुराको बैठक स्थगित

  • बिहिबार, चैत्र १, २०८०
नेकपा एमाले बाजुराको बैठक स्थगित

बाजुरा– नेकपा एमाले जिल्ला कमिटी बाजुराको १२ औं बैठक बैठक स्थगित गरिएको छ । आठौं जिल्ला अधिवेशन केन्द्रित आज बस्ने भनिएको बैठकमा पदाधिकारी तथा सदस्यहरुको संख्या नपुगेपछि बैठक स्थगित गरिएको एमाले बाजुराले जनाएको छ ।
पार्टीको ८ औं जिल्ला अधिवेशनको तयारीका सन्दर्भमा आज बस्ने भनिएको बैठकमा पार्टीका जिल्ला कमिटीका सदस्य तथा पदाधिकारीहरुको न्युन सहभागि भएपछि अर्को सूचना जारी नहुन्जेल सम्मका लागि बैठक स्थगित गरिएको बुझिएको छ ।
आज बस्ने भनिएको जिल्ला कमिटीको बैठकले पार्टीको यहि चैत १६ र १७ गते हुने आठौं जिल्ला अधिवेशन केन्द्रित तयारी गर्न बैठक बस्न लागेको थियो ।
१ सय १० बढी सदस्य रहेको जिल्ला कमिटीमा आजको बैठकमा ५० जना मात्रै सदस्यहरु सहभागि भएकोले बैठक स्थिगित गरिएको एक नेताले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार