शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • चर्चित मोडेल अन्जलीसंग देखीए राजेश पायल

चर्चित मोडेल अन्जलीसंग देखीए राजेश पायल

  • मङ्लबार, फाल्गुन २९, २०८०
चर्चित  मोडेल अन्जलीसंग  देखीए राजेश पायल

बाजुरा– बाजुराका राजेश पायल बिक एउटा गितमा चर्चित डान्सर तथा लोक दोहोरी मोडेल अन्जली अधिकारी संग अभिनय गर्ने भएका छन । दलित समुदायका पिडालाई समेटेर बनाएको जनचेतना मुलक भिडीयोको अभिनयमा चर्चित लोकदोहोरी क्षेत्रमा ख्याती प्राप्त मोडेल अन्जली अधिकारी र राजेश पायलले गर्ने भएका हुन ।
पुणर्कला बिसी र राजेन्द्र बाजुरालीको लय तथा बिनोद बाजुरालीको लय सब्द र संगितमा रहेको सो गितको भिडियो छायाङकनको क्रममा रहेको छ । मौसम हिमालीको निर्देशनमा सो भिडियो बन्ने राजेश पायलले बताएका छन । सो भिडियो निर्माणका लागि बडिमालिका नगरपालिकाको सहयोग रहेको पायलले बताएका छन ।
समग्र नेपाल भरिका दलित समुदायले भोगेका पिडा र दलित समुदायको बास्तबिकता झल्किने गित केही दिनमा बजारमा आउने पायलले बताए । जनचेतना मुलक गितकमा बडिमालिका नगरपालिकाले देशभरिको प्रतिनिधित्व हुने गरि अडियो रेर्कड फाइनल भएको र भिडीयो छायाकंनको क्रममा रहेको बताएका छन । सो गितले दलित समुदायमा जनचेतना फैलाउने उदेस्य रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार